कोरोनाबाट इलामका पुरुषको विराटगरमा मृत्यु
जेठ २, २०७८ आइतबार ११:५५:०
इलाम : इलाम नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणबाट शनिबार राती निधन भएको छ । एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई विराट नर्सिङहोम विराटनगर लगिएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।