विदेशीको रोजाइमा थुम्के

विदेशीको रोजाइमा थुम्के

इलाम : इलाम भन्नेबित्तिकै आकर्षक गन्तव्यहरूकै सम्झना आउँछ। विदेशी पर्यटकहरूलाई भने नेपालीले खासै नसुनेको इलामकै अर्को गन्तव्य मनपर्दो रहेछ। त्यो हो सूर्योदय नगरपालिका—१ को थुम्के क्षेत्र। 

इलामको व्यापारिक केन्द्र फिक्कलबाट ऐतिहासिक गोर्खे बजार हुँदै पुुगिने थुम्के क्षेत्रमा पर्यटकहरू लोपउन्मुख रेड पाण्डा, विभिन्न जातका चरा, वनस्पतिको अध्ययन, अवलोकन गर्न हुल बाँधिएर आउँदा रहेछन्।  उनीहरूको बसोबासका लागि थुम्केका आठ घरमा होमस्टेको व्यवस्था गरिएको छ। कोभिड—१९ को प्रभावमा परेको त्यहाँका होम स्टे पनि लामो समयदेखि सुनसान छन्। कोरोना कहरमा पर्नुअघि तेस्रो मुलुकबाट आउने पर्यटको चहलपहलले स्थानीयको जीवनस्तर निकै सहज बनाएको बताउँछन् स्थानीय होमस्टे सञ्चालक पासाङ सेर्पा। उनका अनुसार ६ जनासम्म एउटा होमस्टेमा बस्ने व्यवस्था छ। सेर्पाले भने ‘वर्षमा १२ टिम जति आउँछ।’ मौसम राम्रो भयो भने आएको आएकै गर्छ।’

स्थानीयहरू थुम्केको खास आकर्षण त्यहाँको रेडपाण्डा नै ठान्छन्। रेडपाण्डाको गणना र रेखदेखका लागि पनि रेडपाण्डा नेटवर्कले स्थानीय युवाहरूलाई रेडपाण्डा संरक्षणकर्ताको रूपमा खटाएको छ। उनीहरू रेडपाण्डाको अवस्था बारेमा नियमित अनुगमनमा व्यस्त रहने गरेका छन्। तिनै संरक्षणकर्ताको सहयोगमा पर्यटकले रेडपाण्डा हेर्ने अवसर पाउने गरेका छन्। हप्तौंसम्म बस्ने पर्यटकहरू रेडपाण्डा हेरेर फर्कने गरेका छन्। 

थुम्के आसपासमा रहरलाग्दा फाँटहरू, थामी जातिको ऐतिहासिक भुमेथान, देवस्थल, अग्र्यानिक खानेकुराको स्वाद पाइने भएकाले पनि विदेशी पर्यटकको आकर्षण बढेको सूर्योदय नगरपालिका— १ का वडाध्यक्ष राजकुमार सेरेङ बताउँछन्। सडकको समस्या झेलिरहेको पर्यटकीय क्षेत्रमा सडक निर्माण सरकारी चासो कम भएको उनको गुनासो छ। 

थुम्केबाट उकालो लाग्दा नेपाल भारत सिमावर्ती लामिधुरा हुँदै अर्को पर्यटकीयस्थल सन्दकपुरसम्म पुग्न सकिन्छ। प्रचारको अभावमा यस क्षेत्र आन्तरिक अझै पनि पर्यटकको आँखामा पर्न नसकेको स्थानीय शिक्षक उद्धव पौड्याल बताउँछन्। उनी भन्छन् ‘पर्याप्त प्रचार र पूर्वाधार हुने भए विदेशी पर्यटकलाई थुम्केले वर्षभरि सेवा गर्न पाउँछ।’ स्थानीय सरकारले यसको व्यवस्थापनमा खास चासो नदिएको पौड्यालको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.