संक्रमितको उपचारमा घरघरमै स्वास्थ्यकर्मीसहित युवा स्वयंसेवक परिचालन

संक्रमितको उपचारमा घरघरमै स्वास्थ्यकर्मीसहित युवा स्वयंसेवक परिचालन

दमौलीः कोरोना संक्रमणको दर बढेसँगै संक्रमितलाई हुने दुर्व्यवहारका घटना पनि सुनिन थालेका छन् । व्यक्ति संक्रमित भएसँगै छिमेकीले दुर्व्यवहार गर्ने र आवश्यक सरसामान जोहो गर्न समेत परिवारलाई कठिन हुने घटना सुनिरहेका बेला शुक्लागण्डकी ८ ले भने संक्रमितलाई घरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचारका लागि स्वयंसेवक परिचालन गरेको छ । 

कोरोना संक्रमित भेटिने क्रम बढेसँगै अप्ठेरोमा परेकालाई सघाउन भन्दै शुक्लागण्डकी नगरपालिका ८ को सक्रियतामा स्वास्थ्य स्वयंसेवक गठन गरिएको छ । स्वयंसेवकले बिरामी व्यक्तिको अवस्थाबारे जानकारी लिंदै आवश्यक सघाउने वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । 

‘विज्ञ अनि सामाजिक संजालमार्फत आएको सुझावअनुसार १८ जनाको आपतकालिन स्वास्थ स्वयंसेवक गठन गरिएको हो,’ उनले भने ।उनका अनुसार स्वास्थ्य सहायकसँगै स्टाफ नर्स, अनमी, सिएमए,रेडियोग्राफी, ल्याब असिस्टेन्टलगायका विषयमा अध्ययन पूरा गरेर कोरोनाका कारण घरमा थन्किएको जनशक्तिलाई वडाले आग्रह गरेर परिचालन गरिएको हो । 

उनीहरुलाई चाहिने अक्सिमिटर, थर्मोमिटर, मास्क, सेनिटाइजर, फेस सिल्ड, ग्लोव्सलगायत सामग्री वडाले नै उपलब्ध गराउनेछ । वडाले बिएससी नर्सिङ्ग पुरा गरेकी मनिसा ढकाल लम्सालको संयोजकत्वमा चयन गरिएका स्वास्थ्य स्वयंसेवकलाई एक दिने प्रशिक्षण दिइ कार्यक्षेत्रमा खटाइएको वडाध्यक्ष रेग्मीले जानकारी दिए ।
 
स्वयंसेवकहरुले उच्च सतर्कताका साथ घरमा नै बिरामीको चेकजाँच गर्ने,कोरोनाको डरले रोग लुकाएर बसेका जनतालाई उचित परामर्शका साथ अस्पतालसम्म पुर्याउन मद्दत गर्ने तथा लक्षण देखिएकालाई वडासँग समन्वय गरी पीसीआर गर्न सिफारिस गर्ने लगायतका काम गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.