गाउँमा धूमधाम, सहर सुनसान

गाउँमा धूमधाम, सहर सुनसान

भोजपुर : ढोल र झ्याम्टाको ध्वनिले गुञ्जयमान हुने सहरबजारमा यो वर्ष उभौली साकेलाको रौनक छैन। निषेधाज्ञाले सहरमा छिटफुट मात्रै मानिसहरू हिँडे पनि गाउँघरमा भने उभौली साकेला तातेको छ। किराँत राई समुदाय रहेको ग्रामीण भेगमा भने उभौली धूमधामले सुरु भएको छ। 

किराँत राई समुदायको बाहुल्य रहेको भोजपुरका राई बस्तीहरूमा उभौली साकेलाको रौनक बढेको छ। वर्षभरिलाई फलाइने अन्न रोपेर ‘उभोँ’ (उकालो) लाग्ने किराँती पुर्खाहरूको सम्झनामा भूमिपूजक किराँत राई समुदायले वैशाख पूर्णिमादेखि १५ दिनसम्म उभौली साकेला मनाउने धार्मिक परम्परा छ। मुन्दुमी परम्पराअनुसार इष्टदेवता सुम्दिमा र पारुहाङलाई पुज्दै कुखुरा बली दिई माङ (कुलपितृ) लाई शक्ति माग्ने गरिएको नाक्छुङ (कुल धामी) मणिकुमार राईले बताए।

‘अन्य धर्मसंस्कृति जस्तै किराँतीहरूको पनि उभौली साकेला चाडभन्दा पनि बढी आफ्नो संस्कार हो, हाम्रो संस्कृति हो, जहाँ गए पनि हामीले हाम्रो संस्कार संस्कृति, मौलिक मूल्यमान्यता बिर्सनु हुँदैन। त्यसैले यो उभौली साकेला हामी मनाउँछौं’ नाक्छुङ राईले भने। किराँत राई समदायमा जातीय मौलिक पहिचान र संस्कारअनुसारको नियमित पूजाआजाका कारण गाउँघरमा उभौली साकेलाको तामझाम बढेको छ।

साकेला, साकेन्वा, साख्खेवा अर्थात् चण्डी नाचलाई विशेष महŒव दिइने उभौली चाड किराँती संस्कृति, पहिचान र महŒव जोडिएको किराँत संस्कृतिविद्हरू बताउँछन्। आध्यात्मिक स्रोत र शक्तिसँग जोडिएकाले पनि परापूर्वकालदेखि नै उभौलीलाई विशेष प्राथमिकताका साथ मनाइँदै आएको संस्कृतविद् शरणबहादुर राईले बताए। उनका अनुसार वैशाख पूर्णिमाका बेला सूर्यको गति उत्तर लाग्ने भएकाले उभाँलीलाई मुन्दुमी किराँत भाषामा ‘दोङवाङा’ भन्ने गरिएको छ।

विगतका वर्षहरूमा विशाल उभौली साकेला नाच आयोजना गरिए पनि यो वर्ष कोभिड—१९ कारण प्रतिबन्ध लगाइएको छ। प्रत्यक्ष रूपमा मानिसको जमघट र सम्पर्क बढिरहँदा संक्रमणको जोखिम उच्च हुने भन्दै भोजपुर सदरमुकामलगायत जिल्लाका सहरबजार, सार्वजनिक क्षेत्रमा निषेधाज्ञा लगाइएको छ। किराँत राई यायोख्खा भोजपुरले पनि भीडभाडले संक्रमणको जोखिम बढाउने भन्दै सीमित व्यक्तिहरूको उपस्थितिमा मात्र उभौली साकेला मनाउन निर्देशन जारी गरेको यायोख्खा भोजपुरकी अध्यक्ष सिर्जना राईले बताइन्। ‘मुख्य बजार क्षेत्रबाहेक किराँत राई समुदाय रहेको क्षेत्रमा सीमित मान्छेहरू मात्र भेला भएर उभौली साकेला मनाउन भनेका छौँ’, उनले भनिन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.