श्री ॐकार नाद

श्री ॐकार नाद

श्री सर्वश्री। सर्वश्री सबै श्रीका पनि श्री। श्री ऐश्वर्य। श्री धन सम्पत्ति। सम्पत्ति सांसारिक जीवनका सिरिखुरी। सिरिखुरी हाम्रो सभ्यता। सभ्यताकै सिलसिलासित श्री ॐ सिकें। श्री ॐ सँगालें। त्यही सम्हालें। जे 

सम्हालें त्यै आर्जन ठानें। ठान्न सक्नु श्री अनि ॐ। लाग्छ सधैं श्री ॐ सम्झन सकूँ। ॐ भित्रको श्री। श्री युक्त ॐ। हेर्दा झलक्क यी सबै शब्द जञ्जाल मात्र। उल्झन र अल्झनहरू केवल ! खुल्नेछन् अल्झन र उल्झन लाग्दो शाब्दिक मोहजालका प्रपञ्चहरू। बादेबादे जायते तत्त्व बोध। धारणा छाँगाका छिटा बाछिटा अञ्जुलिका रसास्वादन !

जय शिव ॐकारा भन्दा हामी भगवान् भरोसामा लम्पट परेझैं लाग्छ। हामी सबै मानव प्राणी भगवान् नै रहेका छौं। भगवान्बिना कोही प्राणी पनि जीवित रहन सक्दैन। जीवन भनेकै भगवान्को आश्रय केन्द्र मन्दिर। प्रत्येक नर–नारी भगवान् भगवती !

बाछिटाका छिटाहरू नितान्त सुक्ष्म अणुझैं हुन्छन्। तिनीहरू पानीका धुलाका अणु। माथि माथिबाट झर्दो झ्वाला–झरनाका कणहरू पानीका धुला स्वच्छताका प्रतिक ! स्वच्छन्दताका बिम्ब बोधक रोब–रवाफ। श्री ॐकार नाद पनि स्वर गुञ्जनका अणुकण हुन्। झरना झ्वालाबाट निसृत हुँदो पानीका धुलोकण सदृश्यवान स्वरगुञ्जनबाट निसृत हुँदो पानीका धुलोकण सदृश्यवान् छन्। स्वरगुञ्जनबाट निस्कने ती कणहरू श्रवणयोग्य छन्। दृश्यवान कणहरू हेर्न, देख्न सकिन्छन्– दर्शनेन्द्रीय– आँखाका माध्यम। स्वरगुञ्जन श्रवणेन्द्रीय– कानका माध्यमबाट। शारीरिक अंग प्रत्यंगका माध्यम यसरी उसरी नै सांसारिक तत्त्वहरू भोगिरहेका हुन्छौं हामी। निचोडमा जीवन भोग श्री ॐकार अनि भोग्य ॐकार श्री पनि। जीवन भोगका ॐकार श्री भन्नु वा भोग्य ॐकार श्री भन्नु उही नै हुन् भन्छु। ठान्न सक्नु पर्दोरहेछ अमूर्त सबै मूर्तमान भइँदो रैछन्। आदि अनादिका अवस्थाहरू सबै मूर्तमा अमूर्त नै थिए। क्रमिक तवर लाखान लाख युगले हामीलाई यहाँसम्म पु¥यायो र छौं हामी।

झ्वाला झरनाका अणुकणहरू पनि धुलै। माटा र बाटाका कणहरू नि धुलै; भनेथें। पहिलो तरल कण माटाका कणहरूलाई मारन गर्छन्। दोस्रो बाटाका धुलाकण पानीलाई प्रदूषण गर्छन्। फरक तत्त्वको फरक गुण–स्वाभाव। प्रकृतिका स्वनिर्मित स्वभाव। स्वनिर्मित भन्नु आफैं भित्रबाट निर्माण भएको। नैसर्गिक ! ॐकार ध्वनि भनूँ नाद पनि उस्तै। जो आफूभित्रबाट गुञ्जिन्छ। घन्किन्छ। कण्ठनाद। प्राणी मात्रका कण्ठनाद। नाद कण्ठनाद नहुँदा हुन् त स्वर नै नहुँदा हुन्। प्राणी मात्रका स्वर गुञ्जन एक समान हुन्नन्। पिताका कण्ठनाद छोरोमा सम्म नि:सृत भएका हुन्छन्। त्यो नि काकतालि बस्, संयोगले। त्यो नि शुक्रकिटबाटै नि:सृत भएर। जीव विज्ञान बेत्ताहरू विस्तृत विज्ञता व्यक्त गर्दा हुन्।

आंगिक देह– दैहिक अंग मानसिक चिन्तन र चाहना क्रियात्मक कर्मका आधार बन्छ। त्यसमा संकल्पित प्रतिवद्धता संयुक्त भएर ॐकार ध्वनि गुञ्जिँदा रैछन्। ध्वनी अन्तरंगका पीडादायक ध्वनी अनुरणन गुञ्जायसका गुनगुनाई पनि उत्तिकै सापेक्षित तुल्याउँदा हुन्, अनवरत दार्शनिक चिन्तन कर्मका क्रमका अनुक्रम बनेरै। ध्वनी गुञ्जनका अनुरणनभित्र जस्तो र जति ॐकार नाद अनुरणित हुन्छन् उत्तिकै ॐकार अक्षरब्रम्हमा पनि उत्तिकै सलबलिन्छन् जत्तिकै जीवन। मेरो अक्षर ब्रम्हका पहिलो नाद ! ‘ॐ नम: शिवाय नमोवागिश्वराय’ ! अनपढ् निरक्षर १९९२ कार्तिके भादगाउँले केटोलाई ॐकार मन्त्रोचारण गर्न हम्मेहम्मे परेथ्यो। आफ्नै पुरपुरोको गाथा सम्झदा आश्चर्यानुभूति बन्दछ यतिञ्जेल। ॐ नमो शिवाय नमो वागीश्वराय संस्कृत मन्त्रको अर्थ विन्याश नखुल्नु तत्कालिन तादात्म्य नै रह्यो। अबोध, निरक्षर बालापनको त्यो स्थितिले आफैं माथि उपहास गर्दोछ। 

हा... हा... हा... !!!

‘ॐ नम: शिवाय नमो वागीश्वराय’ जीवन उत्कर्षको मेरो मूल मन्त्र नै रह्यो ! यो पूर्वीय जीवन दर्शनका उत्कृष्ट पहल बनेछ। ॐ त सृजना भनूँ सृष्टिको आरम्भिक ध्वनी गुञ्जन। अ... उ... म...  तीन अक्षर ब्रम्हका संयुक्त प्रस्फुरण। यी तीन अक्षरका अक्षय अनुरणन् ॐ ध्वनी गुञ्जन। सृष्टि शुभारम्भदेखि विलयसम्मकै लयदार ध्वनि... अमर ध्वनी ! प्रलय प्राकृतिक लय। प्राकृतिक गतिमा कसैको केही दया चल्दैन। यो अवश्यम्भावी। छेकेर छेकिन्न, रोक्न खोजेर रोकिन्न। न पूर्वसंकेत र सूचना हुन्छ यसको। परन्तु, विज्ञान र प्रविधिले भने यसमाथि क्रमश: लगाम कस्दै ल्याइरहेको आभास हुन्छ– युग बोधी संकेत बनाएर।

स्वनिर्मित भन्नु आफैं भित्रबाट निर्माण भएको। नैसर्गिक ! ॐकार ध्वनि भनूँ नाद पनि उस्तै। जो आफूभित्रबाट गुञ्जिन्छ। घन्किन्छ। कण्ठनाद। प्राणी मात्रका कण्ठनाद। नाद कण्ठनाद नहुँदा हुन् त स्वर नै नहुँदा हुन्। 

प्राच्य दर्शनका प्राज्ञिक पुर्खाले पृथ्वीको सम्पूर्ण आयुलाई चार युगमा निर्धारण गरेथे। सत्य, त्रेता, द्वापर, कलि नामांकण गरेर। उद्घोष गरेथे, प्राच्य प्राज्ञिक पुर्खाले सृष्टिको श्रीगणेश कालखण्डमै। किटानीसाथ ठोकेरै एलान गरेथे :– सत्ययुगको आयु १७ लाख २८ हजार, त्रेताको १२ लाख ९६ हजार, द्वापरको ८ लाख ६४ हजार, कलिको ४ लाख ३२ हजार। यस प्रकार ४ युगको ४३ लाख २० हजार वर्ष लेखाजोखा गरिए थियो। जसमध्ये यस कलियुगको आयु ५ हजार १२२ वर्ष बितिसकेको ज्ञातव्य छ। विज्ञान–प्रविधि त्यसै बेला पनि भएकै कारण यी लेखाजोखा भएको बुझिन्छ।

जेहोस् हामी यावत प्राणी कलिकै युगीन प्राणी रहेभएका छौं। लाखानलाख वर्ष अगाडिका अतीत वृत्तान्त हामीसित सञ्चित छैन। लाग्छ, हामीले पाए, भेट्टाएका सिरिखुरिलाई नै वर्चश्वशाली उपलब्धि ठानीमानी अग्रगामी पहल गरिरहेका हौं, छौं ! १९९० माघ २ गते दिउँसो आएको वृत्तान्तका साक्ष रहिनँ म। ब्रम्ह सम्शेर ज.ब.रा.द्वारा रचित ‘महाभूकम्प १९९०’ पुस्तकको विवरण आधार रहेको छ। प्रलयंकारी प्राकृतिक प्रकोप कति मच्चिए। धरासायी भएको भग्नावशेष उत्खनन् अनुसन्धान विषय वस्तु बनेका छन् हाम्रा जीवन अनुराग ! ॐकार गुञ्जनका अनुरागी रहें म !

पूर्वीय जीवन दर्शनमा ॐकार नाद शिवका मांगल्य शंख ध्वनी गुञ्जनबाट अनुरणित भएको ठानिन्छ, मानिन्छ। ॐकार ध्वनी गुञ्जन त्यसकारण सृष्टिका अनुरणन ! शंख प्राकृत वस्तु तत्त्व ! सागर, ठूला नद–नदी–नाला–सागर–सामुद्रिक गर्भबाट प्रजनित प्राकृत वस्तु तत्त्व। ॐकार नाद ठीक तिनकै गर्भगृहमा अन्तरनिहित ध्वनी गुञ्जन। मात्र हामीले आफूभित्र अन्तरनिहित ध्वनी निकालेर त्यसमा भर्न सक्नुपर्छ शंख आफ्नै धर्म निर्वाह गर्दछ मज्जाले। नि:सन्देह शंख ध्वनी ॐकार नाद बनेर गुञ्जिन्छ, अनुरणित भइदिन्छ ! केवल कान निष्कलंक थापिदिनु पर्छ हामीले। गुञ्जिएको गुञ्जिएकै हुन्छ।

त्यसो भएर हुनुपर्दो हो... ! अनेक विकारमध्ये 
एक–कानको श्रवण शक्ति ¥हास हुँदा एकलव्य 

ॐकार नाद साधना सर्वोत्तम गुञ्जन साबितिन्छ। अनुरक्त भएर ॐकार ध्वनी गुञ्जायमान गर्नु छ। चरितार्थ हुन्छ स्वत: निर्विवाद ! ॐकार ध्वनी प्रस्फुरण प्राकृतिक चिकित्साको अचुक पद्धति रहेको छ। कानभित्रको जाली नखुलेपछि श्रवण शक्ति मासिन्छ। काने जाली खोल्न ॐकार ध्वनी गुञ्जन गर्नु प्राकृत चिकित्सा विधि बनेको छ। मात्र अभ्यास गर्नु पर्दोहुन्छ। विश्वस्त भइन्छ आफैं। अल्छी मान्नु छैन, हुन्न कार्य सिद्धि मिल्छ। आलश्यम् कार्य नाशाय, निर्धनम् बुद्धिनाशाय: ! आलश्यले काम बिगार्छ। निर्धन भएपछि बुद्धि नै बिग्रिन्छ। चोरीचकारी तिर मन बरालिन्छ। ॐकार ध्वनी उपासनाले चित्तवृत्ति स्वत: सम्हाल्ने प्रवृत्तिमा बढावा दिन्छ। हौसिन्छौं हामी अटुट। 

जय शिव ॐकारा... !

जय शिव ॐकारा भन्दा हामी भगवान् भरोसामा लम्पट परेझैं लाग्छ। हामी सबै मानव प्राणी भगवान् नै रहेका छौं। भगवान्बिना कोही प्राणी पनि जीवित रहन सक्दैन। जीवन भनेकै भगवान्को आश्रय केन्द्र मन्दिर। प्रत्येक नर–नारी भगवान् भगवती ! भग धारण गरेको यावत पुरुष भगवान्। भगधारण गरेकी प्रत्येक महिला भगवती ! भग प्रत्येक पुरुष महिलाकै दैहिक अंगका सम्वेदनशील तत्त्व रहेका छन्।

दैहिक जीवन शास्त्रीहरू यसमा गहिरिएर विश्लेषण, विवेचना गर्दा हुन्। शरीर विज्ञानका पूर्णांगी ज्ञाता नभएर मात्र छुस्स चस्स चस्काएको हुँ। अनन्त: विश्व ब्रम्हाण्डमा सबैतिर पारंगत हुन किमार्थ पनि सम्भव हुन सकोइन्। हुँदो हो यदि लाग्छ नवीनताको मुहारै नहुँदा हुन्। पूर्वीय मिथक वा पौराणिक शास्त्रमा उल्लेखित विश्व ब्रम्हाण्डका व्याख्या विश्लेषणमा वैज्ञानिक तत्त्वांशका रत्तिभर सुवास रहनु नपर्दो हो ! श्री ॐकार नादकोे प्रसंग यत्तिकै अहिलेलाई... !!


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.