तीन दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन सकस

तीन दिनदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन सकस

कुश्मा : पहिरोले अबरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङखण्ड खुलाउन सकस परेको छ। 

वर्षा नरोकिएका कारण विगत तीन दिनदेखि अवरुद्ध बनेको सडक खुलाउन समस्या भएको हो। पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा ठूलो पहिरो झरेर रोकिएको सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ। 

बुधवार दिउँसो छोटो समय खुले पनि फेरि बन्द भएको प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए। पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुल्नेबित्तिकै बन्द हुने गरेको पौडेलको भनाइ छ। 

मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालिएको छ। तर ठूला सवारी साधन भने तीन  दिनदेखि सडकमै अलपत्र बनेका छन्। 

उता म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुंगा सडक पनि अझै संचालनमा आउन सकेको छैन। पर्वतको जलजला गाउँपालिकाको केरावारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अबरुद्ध भएको छ। बुधवार दिनभर खुलाउने प्रयास भए पनि सम्भव नभएको प्रहरीले जनाएको छ। 

सडक बन्द हुँदा बागलुङ र म्याग्दीका बिरामी बोकेर वारपार गराइएको थियो। सडक अबरुद्ध भएपछि बागलुङ, म्याग्दी र मुस्ताङमा औषधि, ग्याँस तथा खाद्यान्न र तरकारी, फलफुल आपूर्तिमा समस्या परेको छ। 

वर्षा नरोकिएसम्म सडक खुलाउने प्रयास सफल हुन नसक्ने प्रहरी निरीक्षक पौडेलको भनाइ रहेको छ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.