म्याग्दीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

म्याग्दीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ घाइते

बेनी : म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार राती भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सिमलचौरबाट पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। 

मंगला गाउँपालिका–१ पुर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका बिमल बिकको मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए। ‘उनीहरुलाई बेनी अस्पताल ल्याईपुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए,’ उनले भने ‘घाइते ६ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ।’ घाइते र मृतक सबै मंगला गाउँपालिकाको वडा नम्बर १ का हुन्। 

१९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीय एञ्जिता भण्डारी, ८ वर्षीय अदिना नेपाली, ३५ वर्षीय गिता खत्री र २३ वर्षीय अमृता रसायलीको बेनी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएको ठाउँको साँधुरो सडकको घुम्ति र ग्रेड मिलेको छैन। 

जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो। राती सवा आठ बजेतिर दुर्घटना भएको थियो। घाइतेको स्थानीयबासी र प्रहरीले उद्दार गरेर बेनी पठाएका थिए। सिमलचौर–मिठौला–पुर्णगाउँ मंगलाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर १ लाई जोड्ने वैकल्पिक सडक हो। 

कोरोना संक्रमण फैलिएपछि यही असार १४ गतेदेखि २३ गतेसम्मका लागि मंगलाको १ नम्बर वडा कुहुँलाई सिल गरिएको थियो। दुर्घटना भएको जिप वडा नम्बर २ को भूगोलमा पर्ने सडक प्रयोग गरेर वडा नम्बर १ को पुर्णगाउँतर्फ जाँदै थियो। दुर्घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक बिक्रमराज गुरुङले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.