ऋषिङमा पहिरोमा परी दुईजना बेपत्ता, दर्जनौं घर जोखिममा

ऋषिङमा पहिरोमा परी दुईजना बेपत्ता, दर्जनौं घर जोखिममा

दमौली : तनहुँको ऋषिङमा पहिरोले दुईजना वेपत्ता भएका छन् भने दर्जनौं घरमा क्षति पुगेको छ । ऋषिङ ७ दधिवनमा पहिरोले पुरेर एक वृद्धा बेपत्ता भएकी छन्।  पहिरोले ६० वर्षीया देवीसराको घर बगाएको र उनी पनि पुरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

श्रीमान भागे पनि उनी भने भाग्ने क्रममा पहिरोले पुरिएको बताइएको छ । गाउँपालिकाका अनुसार त्यस ठाउँमा अरु तीन घर पहिरोले बगाएको छ । अरु घरमा मानवीय क्षति नभए पनि परिवार भने विस्थापित भएका छन् ।

उद्दारका लागि सैनिकको टोली आउने भनिए पनि बाढी तथा पहिरोका कारण घटनास्थलसम्म आइपुग्न समय लागेको गाउँपालिकाका अधिकारी दानबहादुर श्रेष्ठले जानकारी दिए ।  गाउँपालिकाका विभिन्न स्थानमा पहिरो गएको सूचना आएको गाउँपालिकाले जनाएको छ । 

ऋषिङ्ग गाउँपालिकाले भिमाद देउरालि तर्फबाट र भिर्कोट तर्फबाट सडकको अवरोध खोल्ने तथा सम्बन्धित स्थानमा जेसिभि पुर्‍याउन प्रयास गरिरहेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

यसअघि ऋषिङ ८ मझकोटमा खुमबहादुर आले पहिरोमा परेर बेपत्ता भएका छन्। गाउँपालिकाका धेरै ठाउँमा दर्जनौं घर जोखिममा रहेको जानकारी प्राप्त भएको रेडक्रस सोसाईटी कोटदरबार उपशाखा सभापति ईन्द्र आलेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.