ऋषिङमा पुरिएर २ जनाको मृत्यु, दर्जनौं घर जोखिममा

ऋषिङमा पुरिएर २ जनाको मृत्यु, दर्जनौं घर जोखिममा

दमौली : तनहुँको ऋषिङमा पहिरोले दुई जनाको ज्यान गएको छ। पहिरोमा परेर दर्जनौं घरमा क्षति पुगेको छ।

ऋषिङ ७ दधिवनमा पहिरोले पुरेर एक वृद्धाको ज्यान गएको हो।  घर माथिबाट झरेको पहिरोले ६० वर्षीया देवीसरा मगरको घर बगाएको र उनी पनि पुरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।

श्रीमान भागे पनि उनी भने भाग्ने क्रममा पहिरोले पुरिएको बताइएको छ। यस अघि घरगोठ पहिरोले पुर्दा बेपत्ता ऋषिङ ८ मझकोटमा खुमबहादुर आलेको पनि शव भेटिएको छ।

सैनिक, प्रहरी र सर्वसाधारणले करिब १२ घण्टापछि शव भेटेका थिए। ढुंगाले च्यापेको अवस्थामा उनको शव भेटिएको रेडक्रस सोसाइटी कोटादरबार सभापति इन्द्र आलेले जानकारी दिए।

गाउँपालिकाका अनुसार त्यस ठाउँमा अरु तीन घर पहिरोले बगाएको छ। अरु घरमा मानवीय क्षति नभए पनि सदस्य भने विस्थापित भएका छन्। त्यस क्षेत्रमा उद्धारका लागि सैनिक र प्रहरी परिचालित गरिएको थियो।

गाउँपालिकाका अधिकारी दानबहादुर श्रेष्ठले  गाउँपालिकाका विभिन्न स्थानमा भुस्खलन भएको जानकारी दिए।

ऋषिङ्ग गाउँपालिकाले भिमाद देउराली तर्फबाट र भिर्कोट तर्फबाट सडकको अवरोध खोल्ने तथा सम्बन्धित स्थानमा जेसिभिसम्म पुर्‍याउन प्रयास गरिरहेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए।

निरन्तर दर्किरहेको झरी र ठाउँठाउँका पहिरोको अवरोधले समस्या सिर्जना गरिरहेको उद्धारमा संलग्न अधिकारीले बताएका छन्।

गाउँपालिकाका धेरै ठाउँमा दर्जनौं घर जोखिममा रहेको जानकारी प्राप्त भएको रेडक्रस सोसाईटी कोटदरबार उपशाखा सभापति ईन्द्र आलेले जानकारी दिए।

खोला तर्ने क्रममा घुम्तीबाट एक बेपत्ता
खोला तर्ने क्रममा म्याग्दे ४ घुम्तीबाट एक पुरुष बेपत्ता भएका छन्। 

विहान खोला तर्न लागेका स्थानीय करिब ४२ वर्षका मैते नेपाली बेपत्ता भएको बताइएको छ।

म्याग्दे खोला निकै बढेकाले उनलाई बगाएको तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाई सभापति भीमलाल श्रेष्ठले जानकारी दिए।

उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

 

बन्दीपुरमा ६ घर बगे

अत्यधिक वर्षा भए पछि बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खसेको छ।

ससाना खोला र खोल्सी समेत बाढीको चपेटामा परेका छन्। बाढीले बन्दीपुर २ खहरेमा ६ घर बगाएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

अरु मानवीय क्षति भने नभएको उनले जानकारी दिए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले अत्यधिक वर्षा भइरहेकाले नागरिकलाई सचेत गराइएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.