अझै भेटिएनन् पहिरोमा बेपत्ता युवक

अझै भेटिएनन् पहिरोमा बेपत्ता युवक

बागलुङ : एक साताअघि घरमाथिबाट आएको लेदोसहितको पहिरामा परी बेपत्ता भएका ताराखोला गाउँपालिका–३ का १८ वर्षीय राजेन्द्र कार्कीको स्थिति अझै अज्ञात छ। पहिराबाट बाख्राको खोर जोगाउन खोज्दा कार्की यही असार २२ गते रातिदेखि बेपत्ता भएका हुन्। 

खोजीकार्य जारी रहे पनि उनको अवस्था पत्ता नलागेको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक लक्ष्मण न्यौपानेले बताए। 

कार्कीलाई पहिराले बगाएर स्थानीय दरमखोलामा पुर्‍याएको हुनसक्ने प्रहरी आशङ्का छ। गलकोट नगरपालिका हुँदै बडिगाड खोलासम्म पुगेर प्रहरीले बेपत्ता कार्कीको खोजी गरिरहेको छ। पहिरामा परी घाइते भएका कार्कीका बुवा र भाइ भने पोखरामा उपचारपछि घर फर्केको प्रनानि न्यौपानेले जानकारी दिए। 

पहिरामा परी त्यस घरका २७ बाख्रा मरेका थिए। घरमा बस्न जोखिम भएपछि कार्की परिवार अहिले आफन्तकहाँ आश्रित छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.