स्याङ्जामा चिया खेती सुरु

स्याङ्जामा चिया खेती सुरु

स्याङजा : स्याङ्जामा चिया खेती सुरु गरिएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका १२ चन्द्रकोटमा गण्डकी प्रदेशसभा सदस्य दिपक थापाले मंगलबार चियाका बिरुवा रोपेर सुरु गरेका हुन्। 

मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत चिया खेती सुरु गरिएको हो। स्याङ्जा क्षेत्र १ क बाट निर्वाचित सांसद थापाले चियाबिज्ञका अध्ययन र अनुसन्धानपछि यहाँ चिया खेती उपयुक्त हुने सुझाव पाएपछि सुरुवात गरेको जनाए। 

दश वर्षे योजना अनुरुप सुरु गरिएको चिया खेती बिस्तार गर्दै एक लाख बिरुवा रोपेर कारखाना स्थापना गर्ने उदेश्य हो। सांसद थापा भन्छन्, ‘बहुवर्षीय र सजिलो खेती चियाबाट आयआर्जनमा जोडिनुपर्छ। नांगा र पाखोबारीलाई हरियाली भर्नुपर्छ।’

यसपटक चन्द्रकोटका २८ रोपनी जग्गामा २० हजार चियाका बिरुवा रोपिने भएको छ। दश वर्षभित्र जिल्लाभर १० लाख चियाका बोट बनाउने योजना छ। चिया खेतीका लागि उत्तर फर्केको जमिन उपयुक्त मानिन्छ। उत्तर पूर्व र दक्षिण पश्चिम फर्केका जमिनमा पनि चिया खेती लगाउन सकिने चियाबिज्ञको भनाइ छ। 

समुन्द्र सतहको ५० देखि २५ सय मीटरसम्मको उचाईमा चिया लगाउन सकिन्छ। रोपेको ४/५ वर्षदेखि पात टिप्न लायक हुन्छ। एक पटक रोपेका बिरुवा सय वर्षभन्दा बढी बाँच्छन्। वर्षको एक पटक मल, जल गरेपछि खासै स्याहार सुसार गर्नु पर्दैन। प्रति बोटबाट एक पटकमा एकदेखि डेढ किलोसम्म हरियो पात टिप्न सकिन्छ। हरियो पातको मूल्य अहिले ६० देखि २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गर्छ। 

चन्द्रकोट पर्यटकीय गाउँ हो। चिसो हावापानी सहितको रमणीय यस गाउँमा पर्यटक धेरै आउने गर्छन्। यहाँ सुन्तला, अलैंचीका उत्पादन राम्रो हुन्छ। गुरुङ र मगरको बाहुल्यता रहेको यहाँ चिया बगान बिस्तारका कार्यक्रमले यहाँका किसान उत्साही भएका छन्। चिया बगानको सदाबहार हरियाली हेर्नका लागि पनि पर्यटक आउने बलियो माध्यम बन्न सक्छ। 

बाँदर आतंकले खेतबारीमा लगाएका अनाज नष्ट पारेका बेला चिया खेती उदाहरणीय बनेको बताउँछन् स्थानीय समाजसेवी मनबहादुर थापा। यसअघि खेती नगरिएका नांगाडाडा पाखाभरि चियाका बिरुवा रोपेर आयआर्जन गर्न सकिने भएपछि स्थानीयबासी खुशी देखिएका हुन्। सामूहिकरुपमा चियाका बिरुवा रोपिएका हुन्। किसानका लागि ती बिरुवा निशुल्क उपलब्ध गराइएको सांसद थापाको भनाइ छ।

चिया बिरुवा रोपण कार्यक्रममा चियाविज्ञ निर्मल घिमिरे, बाली संरक्षण अधिकृत सबिन कार्की, पूर्वक्याप्टेन भिमप्रसाद गुरुङ, वडासदस्य गन्जसिंह गुरुङ, समाजसेवी जीवनाथ अर्याल, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य मनबहादुर थापा र मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रमका अध्यक्ष टेकबहादुर गुरुङ् लगायतले चन्द्रकोट चियाखेतीका लागि उपयुक्त हावापानी भएको बताए। 

चियाका बिरुवा रोपणका लागि वर्षात्को समय उपयुक्त हुन्छ। यहाँ ल्याइएका बिरुवा काठमाडौं र नुवाकोटबाट ल्याइएका हुन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.