अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

कुश्मा : पहिरोका कारण शुक्रबार रातीदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ। कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। 

वर्षा रोकिएसँगै पहिरो पन्छाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए। अहिले रोकिएका सवारीहरु गन्तव्यतर्फ लागेका छन्।लगातारको वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट एक्स्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले बताए। 

यस वर्ष मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्डमा पहिरोले बढी नै असर गरेको छ। सहस्रधारा नजिकै नयाँ पुलमा केही दिनअगाडि विशाल ढुङ्गासहित खसेको पहिरो पन्छाउन एक साता लागेको थियो। 

ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको थियो। कुश्मा नगरपालिका–८ चुवास्थित दोबिल्लामा पनि सुन्दरे खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गकै केही भाग क्षति गरेको थियो । बाढीले लोकमार्गकै ठेक्का लिएको लामा कन्स्ट्रक्सनको हाइलक्स गाडीसहित त्यसमा सवार इन्जिनियर र चालक बगाएर बेपत्ता बनाएको थियो । गाडी नजिकैको मोदी खोलामा पुगेको अवस्थामा भेटिएको भए पनि ती दुईजनाको अवस्था भने अज्ञात नै छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.