सप्तकोसीमा पानीको बहाव उच्च : २९ ढोका खोलियो
धरान : सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोसीमा पानीको बहाब उच्च भएको हो।
सप्तकोशीमा मंगलबार दिउँसो ४ बजे पानीको बहाब बढेर प्रति सेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए।
सप्तकोसीमा पानीको बहाव उच्च भएपछि ५६ ढोका मध्ये २९ वटा मात्र ढोका खोलिएका छन्। सप्तकोसीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।
सप्तकोशीमा प्रति सेकेन्ड एक लाख ५० क्युसेक पानी नाघेपछि खतरा मानिन्छ। सप्तकोसीमा पानी बढेपछि कोशी आसपासका बासिन्दालाइ सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।
कोसीको बाढीबाट हुने सम्भावित घटनालाई मध्यनजर गर्दै गोताखोर सहितको सशस्त्र प्रहरीको उद्दार टोली कोसी आसपासका क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले बताए।
सप्तकोसीमा पानीको बहाव उच्च हुँदा समेत कोशी ब्यारेजका सबै ढोका नखोलेको भन्दै आपत्ति जनाएका छन्।
भरत सरकारको नियन्त्रणमा रहेको कोशी ब्यारेजका सबै ढोका नखोलेका कारण कोशी आसपासका खेती योग्य जमिन र मानव बस्ती डुवानमा पर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !