म्याग्दीको गुर्जा खोला थुनिएपछि स्थानीयमा त्रास

म्याग्दीको गुर्जा खोला थुनिएपछि स्थानीयमा त्रास

बेनी: म्याग्दीको धवलागिरी गाउँपालिका–१ स्थित गुर्जा खोला थुनिएपछि स्थानीयहरु त्रसित भएका छन् ।

खोला थुनिएर बनेको ताल एकैपटक फुटेर बाढी जानसक्ने भन्दै स्थानीयहरुलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा खोला थुनिएको हो । गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले पहिरोले खोला थुनिएर तलाउ बनेको जानकारी दिए ।

‘तलाउ एकै पटक फुटेर बगेको अवस्थामा तटीय क्षेत्रमा कटान गर्ने जोखिम हुने भएकाले सावधानी अपनाउन आवश्यक छ,’उनले भने ‘खेतमा काम गर्न गएकाहरुले खोला थुनिएको देखेर खबर गरेपछि हामी त्यसतर्फ जाँदैछौ ।’

गुर्जा हिमालको फेदीमा मुहान भएको गुर्जा खोला म्याग्दी नदीको सहायक खोला हो । धवलागिरी गाउँपालिकाको वडा नम्बर ४ मुदीमा गुर्जा खोला म्याग्दी नदीमा मिसिन्छ । सदरमुकाम बेनीमा आएर म्याग्दी खोला कालीगण्डकीमा मिसिन्छ । 

पहिरो खसेर खोला थुनिएको ठाउँमा पुग्न गुर्जाबाट दुई घण्टा पैदल हिँड्नुपर्छ । दुबै किनारमा भीर भएको साँघुरो खोचमा पहिरो खसेर खोला थुनिएको वडा अध्यक्ष छन्त्यालले बताए ।

पहिरो गएको र तलाउ बनेको ठाउँसम्म पुग्ने बाटो छैन । कृषकहरुले टाढैबाट देखेर खबर गरेका हुन् । केही समय खोला सुकेको थियो । तलाउ भरिएर साँझ ओभरफ्लो भएर बग्न थालेको वडाध्यक्ष छन्त्यालले बताए ।

धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिका भएर म्याग्दी नदी बग्छ । चार वटै स्थानीय तहको तटीय क्षेत्रका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । आइतबार बिहानै घटनास्थलतर्फ जाने तयारी गरेको वडाध्यक्ष छन्त्यालले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.