कर्मचारी माग गर्दै कुश्मा नगरपालिकामा स्थानीय र जनप्रतिनिधको तालाबन्दी

कर्मचारी माग गर्दै कुश्मा नगरपालिकामा स्थानीय र जनप्रतिनिधको तालाबन्दी

कुश्मा: लामो समयदेखि वडा सचिव नभएको भन्दै कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटका स्थानीय बासिन्दा र जनप्रतिनिधिले समेत कुश्मा नगरपालिकामा तालाबन्दी गरेका छन् ।

जनप्रतिनिधिको समेत सहभागितामा कुश्मा नगरपालिकाको कार्यालयमा आइतबार दिउँसो तालाबन्दी गरिएको हो ।  स्थानीयले वडा कार्यालयमा समेत ताला लगाएका हुन् । वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाको नेतृत्वमा आएका स्थानीयले कुश्मा नगरपालिकाको मूल गेटमा ताला लगाएका हुन् ।

गत कार्तिक १४ देखि स्वास्थ्यचौकीका ईन्चार्जलाई काजमा खटाएर अहिलेसम्म वडा सचिव नपठाएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको वडाध्यक्ष बास्तोलाले बताए ।

नगरपालिकाले काजमा खटाएका स्वास्थ्यचौकीका ईन्चार्ज टेकनाथ सुवेदीले वडा र स्वास्थ्यचौकीको काम हेर्न नभ्याएको बताउँदै आएका छन् ।

नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रसासकीय अधिकृतलाई धेरै पटक सचिवको माग गरे पनि ९ महिनासम्म सचिव नखटाएको भन्दै वडाका जनप्रतिनिधिहरु सहित आएका खुर्कोटवासीहरुले तालाबन्दी गरेका हुन् ।

सचिव नहुँदा दैनिक प्रशासनिक कामकाजमा समस्या भएको वडाध्यक्ष यदुनाथ शर्मा बास्तोलाले गुनासो गरेका छन् । वडा कार्यलयमा कार्यरत सचिव सञ्जु शर्मा कोभिड संक्रमित भएर कार्यालयमा आउन नपाएकाले यो अवस्था सिर्जना भएको कुश्मा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताए ।

उनले कार्यालयले खटाएका सचिव निको भएपछि हाजिर हुने भएकाले स्थानीयलाई आक्रोशित नबन्न अनुरोध गरेका छन् । सचिव यथाशिघ्र हाजिर गराउने आश्वसनपछि कार्यालयमा लगाएको ताला साँझ खोलिएको थियो । वडा कार्यालयको ताला भने खोलिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.