बीपी प्रतिष्ठानमा एक लाख बढीको पिसिआर परीक्षण

बीपी प्रतिष्ठानमा एक लाख बढीको पिसिआर परीक्षण

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक लाख भन्दा बढी कोभिड-१९ का संक्रमितको पिसिआर परिक्षण गरिएको छ । नेपालमा कोभिड-१९ को संक्रमण सुरु भएसंगै प्रतिष्ठानमा रहेको कालाजार प्रयोगशालाबाट पिसिआर परीक्षण गरी संक्रमित विरामीहरुलाई सेवा प्रदान गरिएको हो । 

बीपी प्रतिष्ठानमा रहेको सिमित श्रोत र साधनको अभावका बावजुत पनि हालसम्म एकलाख एक सय ६३ जना संक्रमितको स्वाब संकलन गरी पिसिआर परीक्षण सेवा प्रदान गरिएको प्रतिष्ठानको माईक्रोबायोलोजी विभागका प्रमुख डा नारायणराज भट्टराईले जानकारी दिएका छन् । उनले कालाज्वरको अध्ययन र अनुसन्धान गर्न दातृनिकाय बेल्जियम स्थित ईन्स्टिच्युट अफ ट्रफिकल मेडिसिनको क्षमता अभिबृद्धि कार्यक्रमको सहयोगमा प्रतिष्ठानमा स्थापना गरिएको प्रयोगशालामा कोभिड-१९ को संकट पर्दा पिसिआर परीक्षणको नेतृत्वदायी भुमिका निर्वाह गरी सर्बसाधारणलाई सेवा प्रदान गरेको बताए । 

यसका साथै पिसिआर परिक्षणका लागि ३६जना दक्ष जनशक्ति परिचालन गरिएको उनले जानकारी दिएका छन् । 

कोरोनाको दास्रो लहर सुरु भएसंगै प्रतिष्ठानले कोभिड-१९ परिक्षणको दाहेरा समेत बढाएको छ । प्रदेश १ र २ का वासिन्दालाई सेवा दिइरहेको प्रतिष्ठानमा हाल दैनिक एक हजार जनाको पिसिआर परिक्षण गर्न सकिने प्रतिष्ठानको प्रयोगशाला प्राविधिक गणेश प्रसाद साहले जानकारी दिएका छन् । उनले प्रतिष्ठानमा प्रदेश १ र २ का विभिन्न स्वास्थ्य संस्था र स्थानिय निकायले संकलन गरेको पिसिआर नमुनालाई प्रतिष्ठानको प्रयोगशालामा परिक्षण गर्ने गरिएको बताए । 

कोभिड-१९ को महामारी सुरु भएपश्चात बीपी प्रतिष्ठानमा सय बेडको कोभिड अस्पताल संचलानमा ल्याइएको छ । कोभिड अस्पतालमा प्रदेश १ र २ का २ हजार एक सय २० जनालाई भर्ना गरि उपचार गरिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. चुडामणि पोखरेलले बताए । उनले प्रतिष्ठानमा भर्ना भएका एक हजार ३ सय ६९ जना निको भएर डिस्चार्ज भएको बताए । 

प्रतिष्ठानमा कोभिड लागेका एकसय ३३ जना मृगौला रोगका विरामीहरुको डायलिसिस गरिएको पनि जानकारी दिए । प्रतिष्ठानमा हाल सम्म ३ सय २३ जना कोभिड-१९ का संक्रमित विरामीहरुको उपचारका क्रममा निधन भएको सहायक प्रबक्ता पोखरेलले जानकारी दिएका छन् ।  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.