गण्डकीका मुख्यमन्त्रीद्वारा पहिरो पीडितलाई राहत वितरण

गण्डकीका मुख्यमन्त्रीद्वारा पहिरो पीडितलाई राहत वितरण

दमौली: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको ऋषिङको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै पहिरोले ज्यान गुमाएकाको परिवारलाई राहत रकम वितरण गरेका छन् ।

शुक्रबार दिउँसो प्रदेश सरकारका तर्फबाट जनही ५० हजार र संघबाट २ लाख गरी साढे दुई लाख रुपैयाँ वितरण गरेका हुन् । पहिरोमा ज्यान गुमाएका खुमबहादुर आले तथा देवीसरा थापाका परिवारलाई राहत हस्तान्तरण गरेका हुन् ।

उनले प्रदेश सरकारको सहयोगमा मर्मत भइरहेको ऋषिङको श्रङ्ग पथको समेत निरीक्षण अवलोकन गरे । त्यस क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले विपदसँग जुध्न विशेष योजना र राहत कार्यक्रम ल्याएको बताए ।

मुख्यमन्त्री पोखरेलले ऋषिङको बाटो नियमित बनाउनु तथा प्रदेशभर राहत र उद्धारमा निरन्तर जारी रहने प्रतिवद्धता जनाए । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले विपत्तिका समयमा गाउँपालिकाले सक्दो राहत र पुनर्स्थापनाको प्रयास गरेको भन्दै आगामी दिनमा पनि सक्रिय रहने प्रतिवद्धता जनाए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.