म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्षको निधन

म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्षको निधन

बेनी : म्याग्दीको मंगला गाउँपालिका–४ बरंजाका वडा अध्यक्ष ओमबहादुर रोका (रवि)को आज शनिबार निधन भएको छ। बिरामी परेपछि बेनी अस्पताल लैजाने क्रममा ४३ वर्षीय रोकाको बाटोमै निधन भएको हो। 

वि.स. २०७४ मा भएको स्थानीय तह निर्वाचनमा रोका नेकपा माओवादी केन्द्रबाट उमेद्वार बनेर वडा अध्यक्षमा निर्वाचित भएका थिए।  

माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी टेकबहादुर बिकका अनुसार रोका केही समयदेखि कलेजा, मृगौला, उच्च रत्तचापको समस्याबाट बिरामी परेका थिए। मणीपाल शिक्षण अस्पताल पोखरामा उपचार गरेर केही समय अघि उनी घर फर्किएका थिए। 

रोकाको घरमा बुवा, आमा, श्रीमती र एक छोरा छन्। जेठा छोराको गत वर्ष निधन भएको थियो। दश वर्षे जनयुद्धमा सहभागी भएका रोका माओवादी सम्बद्ध कलाकार संगठन शिखर सांस्कृतिक परिवारको अध्यक्ष थिए।  

नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य समेत रहेका रोकाले जनयुद्धकालमा जनवादी गीत रचना र गाएका थिए। रोकाको निधनप्रति मंगला गाउँपालिका र नेकपा माओवादी केन्द्र जिल्ला कमिटी म्याग्दीले शोक व्यक्त गरेका छन्। 

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्ष गोबिन्द पौडेलले रोकाको निधनले अपुरणीय क्षति पुगेको भन्दै श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। 

बेनी अस्पतालको शव गृहमा राखिएको रोकाको शव आइतबार धार्मिक विधि अनुसार दाहसंस्कार गरिने परिवारले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.