लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन्। प्रदेशसभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुनुभन्दा अगाडि उनले राजीनामा दिएको एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए । उनले भने,' ‘हामी प्रदेश प्रमुख अमिक शेरचनकहाँ छौं, मुख्यमन्त्रीले राजीनामा बुझाउँदै हुनुहुन्छ।' 

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताप आज प्रदेश सभामा छलफल हुने कार्यसूची छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव यही साउन १९ गते प्रदेशसभामा दर्ता भएको थियो। 

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख पूर्णबहादुर घर्तीसमेत गरी नेकपा माओवादी (केन्द्र)का १८, जनता समाजवादी पार्टी (जसपा) का तीन र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन्। उता सरकारको समर्थनमा नेकपा (एमाले)का ३९ प्रदेशसभा सदस्य छन्। 

विपक्षी गठबन्धन र नेकपा (एमाले) विशेष अधिवेशनमा आफ्नो रणनीति बनाउन बिहानैदेखि छलफलमा व्यस्त थिए। ८७ सदस्यीय रहेको लुम्बिनी प्रदेशसभामा हाल ८० प्रदेशसभा सदस्य छन्।  

मुख्यमन्त्रीविरूद्धको अविश्वास प्रस्तावमा नेपाली कांग्रेसका १६, माओवादी केन्द्रका १४, जसपाका तीन र राष्ट्रिय जनमोर्चाका एक  प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए। 

प्रदेश सरकार गठन हुँदा २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादीको समर्थनमा सरकार बने पनि २०७५ जेठ ३ गते एमाले र माओवादी एकीकरण भई नेकपा बनेपछि संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त सरकार बनेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.