फलामखानीमा अर्गानिक चिया

फलामखानीमा अर्गानिक चिया

कुश्मा : पर्वतको महाशिला गाउँपालिका ६ फलामखानीमा अर्गानिक चिया उत्पादन सुरु भएको छ। धौलागिरी अञ्चलमा नै पहिलो पटक सुरु गरिएको व्यावसायिक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो।

संरक्षणको अभावमा झन्डै एक दशक अघि लगाईएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो। यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झन्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडा अध्यक्ष रामबहादुर सुनारले जानकारी दिए। इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो। ‘वैशाखबाटै टिप्न सुरु गरेको भए ५० किलोग्राम भन्दा बढी उत्पादन हुने रहेछ’, वडा अध्यक्ष सुनारले भने, ‘ढिलोगरी टिपेका कारण ५/७ किलोभन्दा उत्पादन गर्न सकेनौँ।’ 

२०६७ सालमा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो। उचित संरक्षण र रेखदेखको अभावमा चियाखेती फस्टाउन सकेको थिएन। दुई वर्ष अघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन सुरु गरेको सुनारले बताए। 

साविक फलामखानी गाविस ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा बृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो।  इलामको जस्तै हावापानी भएकोले यहाँ चिया खेतीको सम्भावना छ। इलाम जिल्लाको जस्तै व्यवसायिक चिया खेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरेपनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो। 

‘दलित समुदायको आय–आर्जनमा बृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको हो’ महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने ‘स्थानीयबासीको बेवास्ताका कारण सोचे अनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ।’

१८ सय मिटरको उचाईमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो। नगदेबालीको रुपमा चिया खेतीलाई प्रवद्र्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झन्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुवात गरेको थियो। साविकको गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि ७, ८ र ९ मा भने विरुवा जीवित नै थिए। 

फलामखानीका वडा अध्यक्ष सुनारले अहिले पुराना बोटहरू पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाईएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.