पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा

पाल्पामा भदौ १२ गतेसम्म निषेधाज्ञा

तानसेन : जिल्ला प्रशासन कार्यालय पाल्पाले भदौ १२ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ। जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए। 

निषेधाज्ञाको अवधिभर  व्यवसायहरु बिहान ७ देखि ५ बजेसम्म खुला गर्ने निर्णय  गरेका छ।  नेपाल सरकार मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णय अनुसार जनस्वास्थ्यका मापदण्डहरु पालना गरी छोटो तथा लामो दुरीका यातायात सञ्चालन गर्न सक्ने जनाइएको छ। 

यस्तै होटल तथा रेष्टुरेन्टहरु बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। जात्रा, महोत्सव, सभा, सम्मेलन, गोष्ठी, विवाह, ब्रतबन्ध, तथा अन्य धार्मिक, सामाजिक कार्यमा भीडभाड गर्न रोक लगाइएको छ। आदेश पालना नगर्ने जो कोहीलाई पनि संक्रामक रोग ऐन तथा कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने जनाइएको छ। 

यहाँ गत बैशाख १८ गतेदेखि जारी निषेधाज्ञा पटक –पटक खुकुलो बनाउँदै, थप्दै लगिएको छ। पूर्ण रुपमा निषेधाज्ञा लगाइएको अवस्थामा भन्दा अहिले संक्रमणको दर बढ्दै गए पनि आम नागरिकको जनजिवीकाको अवस्थालाई मध्यनजर गर्दै डिसीसीएमसीले निषेधाज्ञा पटक–पटक खुकुलो बनाउँदै लम्ब्याएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.