ब्राउनसुगरसहित ६ जना पक्राउ

ब्राउनसुगरसहित ६ जना पक्राउ

बनियानी : झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन् । बिर्तामोड-१स्थित चारपानेबाट दुई युवती, बिर्तामोड-५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड-५ नयाँ बसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका ५ बजे बिर्तामोड-१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड-५ की २१ वर्षीया सीता खतिवडालाई ४ ग्राम ४५ मिलीग्राम ब्राउनसुगर, नगद, ब्राउनसुगर नाप्ने डिजिटल तराजु र दुई थान मोबाइलसहित पक्राउ गरेको उनले बताए । 

उनकाअनुसार मंगलबार बेलुका ४ बजे बिर्तामोड-५ स्थित जात्रुबारीबाट सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई तीन ग्राम ३० मिलीग्राम ब्राउनसुगर र नगदसहित पक्राउ गरेको छ भने बिर्तामोड-५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा-५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड-५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो । 

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर र उनीहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ परेका छ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.