लेनदेन मुद्दामा जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ पुर्जी

लेनदेन मुद्दामा जलजला गाउँपालिका अध्यक्षलाई पक्राउ पुर्जी

कुश्मा: पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई पक्राउ गर्न कास्की जिल्ला अदालतले पर्वत प्रहरीलाई पत्र पठाएको छ ।

गत साउन ३१ गते अदालतको तहसिल शाखाबाट पर्वत प्रहरीलाई लेखिएको पत्रमा मल्ललाई पक्राउ गरी अदालतमा दाखिला गर्न अनुरोध गरिएको हो । अध्यक्ष मल्ललाई व्यावसायी ध्रुवबहादुर थापासँग लेनदेनको मुद्दामा २०७७ चैत २७ मा पक्राउ गरी ६ महिना कैदमा राख्न जिल्ला कारागार कास्कीमा पठाइदिनु भनी आदेश भएकोले पक्राउ गर्न भनिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पर्वतका प्रहरी प्रमुख शिवराज बुढाथोकीले अदालतको पत्र आएपछि मल्ललाई पक्राउ गर्न खोजी भइरहेको जानकारी दिए । ‘हामीले खोजी गरिरहेका छौँ, उहाँ कहाँ हुनुहुन्छ भन्ने थाहा पाइएको छैन,’ उनले भने, ‘जतिसक्दो छिटो पक्राउ गरेर अदालतमा पेश गर्नेगरी खोजी भइरहेको छ ।’

यसबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताउँदै २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जमानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैँले तिरिदिएको बताए । २०६८ साल कात्तिक १४ गते आफू जमानी बसिदिएको र तिर्नुपर्ने रकम रु.१० लाख १७ हजार ९५ रुपैयाँ रहेको पनि मल्लको भनाइ छ ।

‘किनेको मान्छेले तिर्न नसकेपछि कानुनअनुसार जमानी बसेको मान्छेले तिर्नुपर्ने हुन्छ । मैले पैसा तिरिरहेको छु । धनी नबिल बैंक पोखरा शाखा हो भने ध्रुव थापा प्रोप्राइटर रहेको हिमालयन इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालि भन्ने रहेको छ । बा २ ख ३२८४ नम्बरको फोर्स माइक्रो गाडी राजेश बोहराको नाममा ऋणी थियो,’ उनले भने, ‘उसले नतिरे म तिरौँला भनेर नै जमानी बसेको हुँ ।' मल्लले भने ।

बोहोराले गाडी चलाउन नसकेपछि हिमालयन अटोले गाडी पनि लगेर त्यहीँ राखेको छ । 'यो बारेमा बल्ल थाहा पाएपछि मैले सबै पैसा दिएको छु ।’मल्लले भने ।

हिमालयन अटोका प्रोप्राइटर तथा वादी ध्रुव बहादुर थापाले आफूले पाउनुपर्ने रकम सबै आएपछि अदालतमा पुगेर पैसा बुझिलिएको कागज गरिसकेको र यो मुद्दा सकिएको बताए । ‘उनले साथीको लागि गाडी निकालिदिएका हुन्, उनी आफैँले लगेका पनि होइनन् । तर जमानी बसेका कारण यो अवस्था आएको हो,’ थापाले भने, ‘पैसा पहिले नै तिरेको भए यो अवस्था आउने थिएन । यो मुद्दाका सबै प्रक्रियाहरू डिसमिस भएको उनको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.