चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा कोटाभन्दा २१८५ कम उत्तीर्ण, नतिजा सच्चाउन माग

चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा कोटाभन्दा २१८५ कम उत्तीर्ण, नतिजा सच्चाउन माग

काठमाडाैं : चिकित्सा शिक्षा आयोगले पारामेडिकलको स्नातक तहतर्फको नतिजामा कोटाभन्दा कम परिक्षार्थी उत्तीर्ण गराएको भन्दै एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले परिक्षाफल सच्चाउन माग गरेको छ ।

परीक्षा प्रणाली र उत्तीर्ण नम्बर धेरै राख्दा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन 'एशिया'ले सच्याउन माग गरिएको हो । एशियाका अध्यक्ष यमप्रसाद अधिकारीले आयोगमा कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएकाले आयोगले नतिजालाई पुनःविचार गर्नुपर्ने बताए। कोटाअनुसार विद्यार्थी नहुँदा आफूहरूलाई कलेज सञ्चालन गर्नसमेत समस्या पर्ने अध्यक्ष यमप्रसादले बताए।

पहिलोपटक आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णका लागि ५० प्रतिशत ल्याउनुपर्ने व्यवस्था गरेको थियो । जसले गर्दा यसपटक तोकिएको कोटाभन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । 

'आयोगले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई केन्द्रित गरेर ५० प्रतिशत ल्याउनेलाई मात्र उत्तीर्ण गराएको छ,' अध्यक्ष यमप्रसादले बताए 'अन्य चारवटा विश्वविद्यालयले नर्सिङ तथा पारामेडिक्स पढाउँछन् । उनीहरू सबैको हेरेर त्यही अनुपातमा बनाउनुपर्ने थियो । उत्तीर्ण प्रतिशत ५० राख्नु व्यवहारिक होइन ।' यसअघि त्रिवि, पूर्वाञ्चल विश्वविद्याल, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयले आ–आफ्ना कलेजलाई मेडिकल शिक्षाका लागि प्रवेश परीक्षा दिने गर्दथे ।

पोखरा विश्वविद्यालयअन्तर्गतका नर्सिङ तथा पारामेडिक्स कलेजहरूको सङ्गठनका अध्यक्ष नवराज पाण्डे प्रवेश परीक्षाका कम नम्बर ल्याएकै आधारमा मात्र माथिल्लो कक्षा पढ्न नपाउने कुरा व्यवहारिक नहुने बताए। अन्यथा प्रवेश परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थी भारत र बङ्गलादेशमा जाने डर पाण्डेले व्यक्त गरे। 'नेपालमा नै पारा मेडिकलको शिक्षा हामी उपलब्ध गराउँदै आएका छौँ । तर यसपटक आयोग कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण गराएर धेरै विद्यार्थी भारत र बङ्गलादेशमा पढ्न गइरहेका छन्,' उनले बताए 'उत्तीर्ण प्रतिशत घटाएर विद्यार्थीलाई नेपालमै पढ्न पाउने वातावरण बनाउनुपर्दछ ।'

आयोगले लिएको परीक्षामा कोटाभन्दा दुई हजार १८५ जना कम परीक्षार्थी उत्तीर्ण भएका थिए । ती विषयमा चार हजार ६८ कोटा भए पनि एक हजार ८८३ मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए । बिपीएचमा एक हजार ४२० कोटामा ५६५, बिएस्सी नर्सिङ एक हजार १०० मा ५०४, बी फार्मेसीमा ९०२ कोटामा ५४७ जना मात्रै उत्तीर्ण भएका छन्।

यस्तै फिजियोथेरापी बिपिटीमा १५० जनाको कोटामा ११४, बीएस्सी एमआइटी रेडियोग्राफीमा ७१ जना कोटामा ३५, बिएस्सी एमएलटी ४२५ कोटामा ११८ जना मात्रै उत्तीर्ण भएका छन्।

नर्सिङग कलेज सञ्चालक केपी सिंहले परीक्षार्थी पारामेडिक्सतर्फको भएको तर प्रश्न प्लस टुतर्फबाट सोधिएकाले धेरै फेल भएको बताए। उहाँले एकीकृत प्रवेश परीक्षाको नतिजालाई पुनःविचार नगरे आफूहरूले कलेजको साँचो आयोगलाई बुझाउने बताए। उहाँले तत्काल पुनः परीक्षाको सम्भावना नभएको हुँदा कोटा पूरा हुने गरी यसपटकलाई परीक्षा दिइसकेका विद्यार्थीलाई नै पढ्न पाउने अवसर दिनुपर्ने बताए । 

पाँच विद्यार्थी सङ्गठनले आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षामा कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण भएको भन्दै पुनः परीक्षाको मागसमेत गरिसकेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.