फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या

फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या

नवलपुर : यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा फरक प्रदेशका सवारी साधनको कर संकलन र नवीकरण रोकिँदा सेवाग्राहीलाई समस्या भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट फरक प्रदेशका सवारी साधनको कर संकलन र नवीकरणसम्बन्धी परिपत्र नआएपछि यातायात व्यवस्था कार्यालयले कर सङ्कलन तथा नवीकरण कार्य रोकेको छ। 

कर संकलन र नवीकरणको काम रोकिएपछि यस क्षेत्रका सेवाग्राही भने समस्यामा परेका छन् ।

मन्त्रालयबाट फरक प्रदेशका सवारीको कर संकलन र नवीकरणका लागि परिपत्र नआएकाले कावासोतीस्थित कार्यालयबाट गण्डकी प्रदेशबाहेकका अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर तथा नवीकरण कार्य रोकिएको यातायात व्यवस्था कार्यालयका प्रमुख ज्ञानप्रसाद भुसालले बताए। 

यस कार्यालयबाट अघिल्ला वर्षमा सवारी धनीको ठेगाना गण्डकी प्रदेश रहेकाहरूका सवारी साधन दर्ता अन्य प्रदेशमा भएको भए पनि कर संकलन र नवीकरण हुँदै आएको थियो । अहिले यस आर्थिक वर्षका लागि मन्त्रालयले कर सङ्कलन र नवीकरण यथास्थितिमा गर्न भनी कुनै पत्राचार नगरेकाले आफूहरूले फरक प्रदेशमा दर्ता भएका सवारी साधनको कर संकलन र नवीकरण रोकेको कार्यालय प्रमुख भुसालले जानकारी दिए । 

'हामीलाई प्रत्येक वर्ष कर सङ्कलनका लागि मन्त्रालयबाट पत्र आउथ्यो, सोही आधारमा सवारी धनीको ठेगाना गण्डकी प्रदेशमा भएका तर सवारी साधन दर्ता अन्य प्रदेशमा भए पनि नवीकरण गर्ने काम गथ्र्यौँ', उनले भने, 'अहिले यस्तो परिपत्र आएको छैन, यसले गर्दा अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर संकलन र नवीकरण कार्य रोकेका छौँ ।' अहिले गण्डकी प्रदेशबाट दर्ता भएका सवारी साधनको मात्रै कर सङ्कलन र नवीकरण गरिएको उनले बताए । 

फरक प्रदेशका सवारी साधनको कर संकलन र नवीकरण रोकिँदा सेवाग्राही भने समस्यामा परेको गुनासो गरेका छन् । यस क्षेत्रमा अधिकांश बागमती, लुम्बिनी, नारायणीबाट दर्ता भएका सवारी साधन सञ्चालनमा छन्। ती स्थानबाट सवारी दर्ता भएका सेवाग्राही अहिले अन्यत्र कर बुझाउन जानुपर्दा समस्या सिर्जना भएको उनीहरूको भनाइ छ । 

नवलपुरको कार्यालयले आफ्नो सवारी साधन नवीकरण नगर्दा अब अन्यत्र जानुपर्दा समस्या हुने स्थानीयवासी निरोज सिञ्जालीले बताए । 

प्रमुख भुसालले भने आफूहरूले यस विषयमा कर संकलन र नवीकरणका लागि अनुमति दिन पत्राचार गरिसकेको बताए । 'हामीले सेवाग्राहीका समस्या बुझेका छौँ, पत्राचारसमेत सम्बन्धित निकायमा गरेका छौँ', कार्यालय प्रमुख भुसालले भने, 'सायद चाँडै यस विषयमा निकास आउने छ, अघिल्ला वर्षहरूमा जसरी कर सङ्कलन र नवीकरणका लागि निरन्तरता दिनु भने हामी तत्काल कार्य गर्छौँ ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.