पहिरोमा  तीनजना बेपत्ता, एकको उद्धार

पहिरोमा  तीनजना बेपत्ता, एकको उद्धार

नवलपुर : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन्। हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा शुक्रबार बिहान खसेको पहिरोमा परी तीन बेपत्ता हुनुका साथै एक घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 
    
कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिरोले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ। उनका अनुसार पहिरोले पुरेका अवस्थामा उनलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ। पहिरोमा बेपत्ता भएकाको खोजी जारी छ। 

    
पहिरोमा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया ,  सात वर्षीया नातिनी भूमिसरा  र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.