श्रीमतीको हत्या गरी श्रीमान पनि झुण्डिए

श्रीमतीको हत्या गरी श्रीमान पनि झुण्डिए

भोजपुर : भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको र घरदेखि करिब ४० मिटर तलको दुधेलोको रुखमा आफू पनि झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले जानकारी दिए।

प्रहरीका अनुसार राती सुतिरहेका बेलामा आमालाई बोलाउने क्रममा आमालाई मृत देखेपछि ८ वर्षीय छोराले घरदेखि केही पर रहेको हजुरआमा पर्नेलाई खबर गरेका थिए। त्यसपछि स्थानीयबासीमा खैलाबैला भएको थियो। पछि बाबुलाई खोज्ने क्रममा उनी पनि रुखमा झुन्डिएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी राईले बताए। मृतक दुवैका ८ वर्षीय छोरा र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.