अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

अवरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

कुश्मा : पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ । निरन्तर वर्षाले मोदी गाउँपालिका ६ बेतनीमा पहिरो झरेर आज बिहानै देखि रोकिएको सडक केहिबेर अघिदेखि सुचारु भएको हो । 

पहिरोले रोकिएको सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तब्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। निरन्तर वर्षाले पहिरोले जोखिम भने कायमै रहेको उनले बताए । 

यसैबीच निरन्तर वर्षाले मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक माथिबाट लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपुर्ण बनेको छ । 

लोकमार्गको पर्वत-बागलुङ खण्ड र पर्वत-पोखरा खण्डका ठाउँठाउँमा पहिरो खस्ने क्रम रोकिएको छैन । यो खण्डअन्तर्गत पर्वतको नयाँ पुल, सहस्रधारा, अर्मादी, र रिठेखालामा सडक माथिबाट ढुंगा, माटो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । प्रहरीका अनुसार वर्षा हुने वित्तिकै ढुंगा, माटो बग्ने क्रम शुरु हुने भएकाले यो खण्डमा यात्रा गर्न जोखिम रहेको छ । 

शनिवार दिनभर ठुला ठुला ढुंगाहरु खसेपछि सडक एकतर्फि रुपमा मात्र संचालन भएको थियो । वर्षा निरन्तर भएकाले कतिबेला ठुलो पहिरो झरेर जोखिम निम्तिने हो भन्ने खतरा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेपनि उक्त खण्ड अवरुद्ध जस्तै बनेको छ । साना सवारीसाधनहरु मुस्किलले वारपार भएपनि बस तथा मालबाहक ट्रकहरु भने ठप्प रहेको अधिकारीले जानकारी दिए । 

वर्षा नरोकिएकाले पहिरो पन्छाउन मुस्किल भएको छ । स्काभेटर लगाएर पन्छाउने वित्तिकै फेरी माथिबाट खसिहाल्छ, झनै जोखिम बढेको छ उनले भने । यता कुश्मादेखि पोखरा जाने खण्डमा पनि ठाउँठाउँमा पहिरो खसिरहेको प्रहरीले जनाएको छ । 

निर्माणाधिन यो सडकमा गत वर्ष ठुला पहिरा गएका थिए । अहिलेपनि तीनै ठाउँबाट निरन्तर खस्ने क्रम रोकिएको छैन । यो सडकको स्वरुप कच्ची सडकजस्तै बनेको छ । पर्वतको कुश्मादेखि बागलुङसम्मको १५ किलोमिटर सामान्यता आधा घण्टामा यात्रा गर्न सकिने भएपनि अहिले भने १ देखि डेढ घण्टासम्म लाग्ने गरेको सवारीचालकहरुको गुनासो छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.