अकुत कमाउने उद्योग र घरना नै तिर्दैनन् बिजुलीको बिल: बक्यौता ३५ अर्ब, नतिर्नेको सूचीमा को-को ?
![अकुत कमाउने उद्योग र घरना नै तिर्दैनन् बिजुलीको बिल: बक्यौता ३५ अर्ब, नतिर्नेको सूचीमा को-को ?](https://annapurnapost.prixacdn.net/media/albums/bidhyutt_20210810091423_VYR0FAGoYl.jpg)
काठमाडौँ: सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योग धन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन् । सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न भने सकेको छैन । बरु अनेक बहानामा टारिरहन उम्मुक्ति दिँदै आएको छ ।
यहाँसम्म कि प्राधिकरणको वक्यौता अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो एक वर्षमा २ अर्बभन्दा बढी यो रकम बक्यौता थपिएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले २०७६/०७७ सम्म बक्यौता ३२ अर्ब रुपैयाँ देखाएको छ । प्राधिकरणबाटै अन्नपूर्ण पोस्ट्लाई प्राप्त कागजातले भने ३४ अर्ब ८० करोड रुपैयाँ देखाएको हो । आलटाल गर्ने वा नतिर्ने वा अदालततिर गई अल्झाइरहने त्यस्ता ‘ठूला उपभोक्ता’ ४९ वटा छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)