निर्माणाधिन भवन अलपत्र

निर्माणाधिन भवन अलपत्र

बेनी : स्थानीय तह कार्यान्वयन भएको चार वर्ष बितिसक्दा पनी म्याग्दीका तीन वडा आफ्नो भूगोलभन्दा बाहिरबाट सञ्चालन भइरहेका छन् । 

म्याग्दीमा ४५ वटा वडा छन् । बेनी नगरपालिकाको ६ र रघुगंगा गाउँपालिकाको ८ वडा कार्यालय बेनीबाट चलेको छ । धवलागिरी गाउँपालिकाको ५ वडाका नागरिक सेवा लिनका लागि अध्यक्षको घर भएको पर्वतको जलजला गाउँपालिकाको बगरफाँट पुग्नुपर्छ । 

जनप्रतिनिधीहरुले आफ्नो स्वार्थको लागि सम्बन्धित ठाउँमा कार्यालय सञ्चालन नगर्दा नागरिकलाई सास्ती र भाडाको नाममा अनावश्यक ब्यभार थपिएको बेनपा ६ अर्थुङ्गेका अमर बानियाले बताए । 

‘व्यक्तिगत, सामुहिक र पार्टीगत रुपमा अर्थुङ्गेमा वडा कार्यालय राख्न दबाव दिएका हौँ,’ उनले भने ‘तर वडा अध्यक्षले आफुलाई पायक पर्ने ठाउँमा अझसम्म कार्यालय राखेर काम गर्नुभएको छ ।’

वडाका जनप्रतिनिधी नियमित गाउँमा नबस्दा व्यक्तिगत घटना दर्ता, सिफारिस लगायतका कामका लागि महँगो गाडी भाडा खर्च गरेर सदरमुकाम पुग्न बाध्य छन् । सहजिकरण नहुँदा विकास निर्माणका योजना सञ्चालन गर्न समस्या भएको छ । 

जेष्ठ नागरिक, अशक्त, अपाङ्ग, बालबालिकाहरुलाई झञ्जट र सास्ती भएको अर्थुङ्गेका शिव बानियाले बताए । ‘हिँड्न नसक्नेहरुलाई वडाको काम पर्यो भने बोकेर अथवा गाडी खोजेर बेनी लैजानुपर्छ,’ उनले भने ।

धवलागिरीको मल्कवाङमा ६९ लाख खर्चेर कार्यालय भवन बनाएपनि वडा सचिव गाउँमा र अध्यक्ष खर्ककुमारी छन्त्याल धेरै बेनीमा बस्छिन् । रितुङ माबिको भवनको एक वटा कोठामा कार्यालय राखिएको कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्याल जनतालाई आफ्नो कारणले दुख नदिएको दाबी गर्छन् । 

बेनीमा मासिक १३ हजार ७५० रुपैयाँ भाडा तिरेर सम्पर्क कार्यालय राखेको बेनी नगरपालिकाको ६ को अर्थुङ्गेमा निर्माणाधिन भवन जनप्रतिनिधीले नै रुची नदेखाएकाले अलपत्र परेको स्थानीय ओमबहादुर खत्रीले बताए । ‘वडा कार्यालय अर्थुङ्गेमा बनाउन दवाबै दिनुपरेको थियो,’ उनले भने ‘कार्यालय भवन नहुँदा जनतालाई मर्का परेको छ ।’

हालसम्म ५० लाख रुपैयाँभन्दा बढी खर्च भएको बेनी नगरपालिका ६ को कार्यालयको पहिलो तला ढलान र फाउण्डेशन तयार भएको छ । २०७६ देखि शुरु भएको भवनको कोठा विभाजन, प्लास्टर, रंगरोगन, फर्निचर, विद्युत पानी जडान गर्नका लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । 

अधुरो भवनलाई पूर्णता दिन सो बजेट अपुग हुने नगरपालिकाका इञ्जिनियर बिमलरञ्जन कार्कीले बताए । थप बजेटको आवश्यकता रहेको उनको भनाई छ । वडा अध्यक्ष कृष्णसिंह बानियाले अर्थुङ्गेमा भाडाको कोठा खोजेर सामान त्यही राखिएको र बेनीको सम्पर्क कार्यालय मात्र रहेको बताए । 

‘क्रमगत योजनाका लागि यो वर्ष बिनियोजन भएको बजेटले भवन निर्माणले पुर्णता पाउँछ,’ उनले भने ‘छरिएको र ठूलो भूगोल भएकाले तल्लो एरियाका जनतालाई अर्थुङ्गे जान असहज हुने भएकाले बेनीमा सम्पर्क कार्यालय जसरी पनि आवश्यक पर्छ ।’
 
कागजपत्र बिग्रिएर पुन बनाउन पर्ने अवस्थामा तल्लो भेगका नागरिकलाई अर्थुङ्गे जान आउन झञ्जट हुने भएकाले बेनीमा वडाको सम्पर्क कार्यालय राख्नुपर्ने वडा अध्यक्ष बानियाको भनाई छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.