मनकामना केबलकार आउँदो आइतबारदेखि सञ्चालन हुने
गोरखा : पाँच महिनादेखि बन्द मनकामना केबलकार आइतबारबाट संचालन हुने भएको छ। कोभिड–१९ को संक्रमण बढ्न थालेपछि बन्द केबलकार संक्रमण घटेसँगै संचालन गर्ने निर्णय गरिएको मनकामना दर्शन प्रालीका नायव प्रबन्धक उज्वल शेरचनले बताए।
गत २०७८ बैसाख १६ गतेदेखि केबलकार बन्द रहेको थियो। डिसिसिएमसीको बिहिबारको बैठकले मनकामना मन्दिर पनि खुलाउने निर्णय गरेको छ। त्यसयता १० करोड रुपैयाँ भन्दाबढि घाटा लागेको कम्पनीले जनाएको छ। ‘कोभिडको पहिलो लहरका बेला पनि नौ महिना केबलकार बन्द गर्नुपर्यो,’ शेरचनले भने ।
मनकामना क्षेत्रका स्थानीयको आउजाउको सहज माध्यम केबलकार हो। अहिले वर्षातले कच्ची सडक बिग्रिएको र आउजाउ गर्न मुस्किल भएको भन्दै स्थानीयले केबलकार संचालन गर्न कम्पनीलाई दबाब दिइरहेका छन्। कम्पनीका अनुसार बैसखदेखि असारसम्म केबलकारमा भक्तजन धेरै आउँथे ।
अहिले पनि दैनिक एकहजार मानिस केबलकार चढ्न आउने सिजन हो। केबलकारमा १५० जना कर्मचारीले रोजगारी पाएका छन्।
पृथ्वीराजमार्गको कुरिनटार र गोरखाको मनकामना जोड्ने केबलकार २०५५ मंसीरबाट संचालनमा आएको हो ।
प्रतिक्रिया दिनुहोस !