प्रहरीमाथी हातपात गर्ने तीन जना पक्राउ

प्रहरीमाथी हातपात गर्ने तीन जना पक्राउ

बेनी : म्याग्दीको बेनी-१ आनन्द बगरमा कालीगण्डकी नदीमा बालुवाको अबैध उत्खनन् र चोरीमा संलग्नहरुले प्रहरीमाथी हातपात गरेका छन्। अवैध नदी दोहनमा प्रयोग भएको स्काभेटर नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि अपशब्द प्रयोग गर्ने तीन जनालाई पक्राउ गरेको हो। उनीहरुलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा अभद्र ब्यवहार मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ। 

पक्राउ पर्नेहरुमा बेनी नगरपालिका-१ आनन्दबगरका ३८ वर्षीय सन्तोष बोगटी, बेनी नगरपालिका-६ का २७ वर्षीय डोलेन्द्र खत्री र सर्लाहीको इश्वरपुर नगरपालिका-९ का ३३ वर्षीय श्यामबाबु चौधरी रहेका प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताए। 

‘रातको समयमा कालीगण्डकी नदीमा ठेक्का प्रतिस्पर्धा बिनै बालुवा निकाल्न प्रयोग गरेको ग १ क ४४५६ नम्बरको स्काभेटरलाई पनि प्रहरीले नियन्त्रणमा लिएका छौ,’ उनले भने ‘नदी दोहनमा संलग्नहरुले प्रहरी अधिकृतको नेतृत्वमा गएको टोलीलाई अपशब्द प्रयोग र हातपात गरेका गरेकाले मुद्दा चलाउन म्याद थपेका हौ।’ सो ठाउँमा गत साउनमा पनि ठेक्का सम्झौता बिनै, सर्वोच्च अदालतको आदेश र सरकारको निर्णय विपरित उत्खनन गरेको बालुवा जफत गरेर लिलामी र उपकरणलाई जरिवाना तिराइएको थियो। 

सर्वोच्च अदालतले गरेको फैसला र सरकारको निर्णय विपरित अबैध रुपमा कालीगण्डकीबाट वालुवा गरेका छन्। ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन् गर्न नपाउने कानुनी व्यवस्था छ। 

यसैगरी म्याग्दीको मंगला गाउँपालिका-२ मा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ। नेवारेखोलामा डुबेर मंगला-२ मिठौलाका ४९ वर्षीय भिमबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। 

प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले नेवारेखोलाको झरना हेर्न गएका खत्री पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी दिए। शनिबार ज्यान गुमाएका खत्रीको शव आइतबार बेनी अस्पतालमा परिक्षण गरी आफन्तको जिम्मा लगाएको प्रहरी निरीक्षक गुरुङले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.