नेकपा एमाले पाल्पाको ७६ वडामा नेतृत्व चयन

नेकपा एमाले पाल्पाको ७६ वडामा नेतृत्व चयन

तानसेन  : पाल्पाका १० स्थानीय तहका ८१ वडामध्ये ७६ वडामा नेकपा एमाले पाल्पाले वडा नेतृत्व चयन गरेको छ। ५ वडाको विभिन्न कारण वडा अधिवेशन रोकिएको छ। 

रैनादेवी छहरा गाउँपालिकाको वडा नं १ सिद्धेश्वरमा उमबहादुर दर्लामी, वडा नं २ सोमादीमा यमबहादुर राउत, वडा नं ३ भुवनपोखरीमा सूर्यप्रसाद पौडेल, वडा नं ४ छहरामा टिकाराम पोखरेल, वडा नं ५ मुझुङमा प्रेम कार्की,  वडा नं ७ बल्ढेङगढीमा रमेशकुमार कार्की र  वडा नं ८ सत्यवतीमा रेमबहादुर रानाको नेतृत्वमा वडा कमिटी चयन भएको छ।

रम्भा गाउँपालिकाको वडा नं १ हुँगीको अध्यक्षमा कृष्णप्रसाद अर्याल, वडा नं २ फोक्सिङकोटको अध्यक्षमा जितबहादुर गाहा, वडा नं ३ पिपलडाँडाको अध्यक्षमा कर्णबहादुर पौडेल, वडा नं ४ हुमीनको अध्यक्षमा कृष्ण रायमाझी र वडा नं ५ ताहुँको अध्यक्षमा झमान सिं सिंजालीको अध्यक्षतामा वडा कमिटी निर्माण भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।  

बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोकको अध्यक्षमा कवि नेपाल, वडा नं ३ नायरनमतलेसको अध्यक्षमा केशव रायमाझी, वडा नं ४ खानीछापको अध्यक्षमा जितबहादुर कनौजे, वडा नं दर्लामडाँडा ५ को अध्यक्षमा प्रकाश न्यौपाने, वडा नं यम्घा ६ को अध्यक्षमा जयाराम बस्याल, वडा नं ७ खानीगाउँको अध्यक्षमा केशवराज खराल, वडा नं ८ बराङ्दीको अध्यक्षमा मोतिलाल बस्याल र वडा नं ९  चापपानीको अध्यक्षमा मुक्तिराम तिमिल्सीना चयन  भएका छन्।  

निस्दी गाउँपालिका वडा नं १ बाकामलाङमा गीरबहादुर सोती,  वडा नं २ सहलकोटमा टेकबहादुर चौहान, वडा नं ३  झिरुबासमा रामबहादुर पाटा, वडा नं ४ मित्यालमा सन्तबीर सुनारी, वडा नं ५ गल्धामा दुर्गाबहादुर सोमै, वडा नं ६  अर्चलेमा महेन्द्र बयम्बु, र वडा नं ७  ज्यामिरेमा मुक्तबहादुर पाटा चयन भएका छन्।  

पूर्वखोला गाउँपालिकाको  वडा नं १ सिलुवामा खेमबहादुर हिस्की, वडा नं २  जल्पामा बेदप्रसाद बस्याल, वडा नं ३ रिङ्नेरहमा खुमबहादुर पाटा, वडा नं ४ देवीनगरमा बलबहादुर थापा, वडा नं ५ बीरकोटमा धनबहादुर सिंजाली, वडा नं ६ हेक्लाङमा धनबहादुर घर्तीको नेतृत्वमा वडा कमिटी गठन भएको छ। 
 
रामपुर नगरपालिकाको १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएको छ। वडाअधिवेशनबाट रामपुर नगरपालिका–१, मा जगतबहादुर मल्ल रामपुर–२, मा अमरबहादुर थापा, रामपुर–३, मा लोकनाथ भट्टराई, रामपुर–४, मा दिलबहादुर कौसी, रामपुर–५, मा मीन राज रेग्मी, रामपुर–६, लोकनाथ ढकाल, रामपुर–७, मा बैकुण्ठ अधिकारी, रामपुर–८, मा हरिबहादुर ज्ञवाली, रामपुर–९, मा मोहन खनाल र रामपुर–१०, टंकप्रसाद खनाल निर्वाचित भएका एमाले रामपुर नगर ईन्चाज राजु श्रेष्ठले बताए। 

माथागढी गाउँपालिकाको वडा नम्बर २ को रुप्सेमा बोमबहादुर ठाडा,  वडा नं ३ कसेनीमा जगतबहादुर ठाडा, वडा नं ४  झडेवामा राजेश पन्थी, वडा नं ५ हात्तीलुङमा यमकुमार राना,वडा नं ६  गोठादीमा थमबहादुर गाहा, वडा नं ७  रहवासमा लोकबहादुर ठाडा, र वडा नं ८  बहादुरपुरमा राजेश नेपालीको अध्यक्षतामा वडा कमिटी चयन भएको छ। 

तानसेन नगरपालिका वडा नं १ को अध्यक्षमा खडानन्द न्यौपाने, वडा नं २ को अध्यक्षमा मदनलाल बज्राचार्य, वडा नं ३ को अध्यक्षमा कृष्णप्रसाद पाण्डे, वडा नं. ४ को अध्यक्षमा गणेश घिमिरे, वडा नं ५ को अध्यक्षमा रमेश बोहोरा, वडा नं ६ को अध्यक्षमा भिमराज खराल, वडा नं ७ को अध्यक्षमा श्रीकृष्ण पाण्डे, वडा नं ८ को अध्यक्षमा कुलबहादुर नगरकोटी, वडा नं १० को अध्यक्षमा बाबुराम रावल, वडा नं ११ को अध्यक्षमा लक्ष्मण गोदार वडा नं. १२ मा पुरुषोत्तम गैरे, वडा नं १४ शोभाकर भट्टराई वडाध्यक्ष चयन भए। 

रिब्दीकोट गाउँपालिकाका ८ वटै वडामा अधिवेशन सकिएको छ।  गाउँपालिकाको वडा नं ११ को अध्यक्षमा झपेन्द्र गैरे, वडा नं २ को अध्यक्षमा नलबहादुर सारु, वडा नं ३ को अध्यक्षमा हरिबहादुर गोदार, वडा नं ४ को अध्यक्षमा राजकुमार श्रेष्ठ, वडा नं ५ को अध्यक्षमा रमेश आचार्य, वडा नं ६ को अध्यक्षमा श्रीमान बगाले, वडा नं ७ को अध्यक्षमा इन्द्रबहादुर कुँवर र वडा नं ८ को अध्यक्षमा मोहन कुँवरलाई चयन गरेको छ। 

तिनाउ गाउँपालिका वडा नं १ को कचल अध्यक्षमा भुवन सिं चिदी, वडा नं  दोभानको अध्यक्षमा रामबहादुर थापा, वडा नं ३ झुम्साको अध्यक्षमा गुरुप्रसाद शर्मा, वडा नं ४ सत्यवतीको अध्यक्षमा लालबहादुर दर्लामी, वडा नं ५ को लडाँडाको अध्यक्षमा यमबहादुर चिदी र वडा नं ६ मस्यामको अध्यक्षमा ताराप्रसाद भण्डारीको अध्यक्षक्षतामा वडा कमिटी चयन भएको छ।  रैनादेवी छहराको  वडा नं  ६ जुठापौवा, तानसेन नगरपालिका को वडा नं  ९ र १३, बगनासकालीको  वडा नं १ चिर्तुङधारा, माथागढी गाउँपालिका वडा नं १  चिदीपानीमा अधिवेशन गर्न बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.