राष्ट्रिय महाधिवेशनस्थलको निरीक्षण गर्न ओली चितवन जाँदै
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले सोमबार पार्टीको १० औं राष्ट्रिय महाधिवेशनस्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्। महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते चितवनमा हुँदैछ।
अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रको टुङ्गो लागेपनि बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लागेको छैन। ओलीले सोमबार निरीक्षण गरेसँगै ठाउँको टुङ्गो लाग्ने एमालेका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन्। महाधिवेशनमा दुई हजार हाराहारी प्रतिनिधि हुने उनले बताइन्।
दुई दिनको चितवनको बसाईका क्रममा ओली माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने कार्यक्रम छ। पूर्वप्रधानमन्त्री समेत रहेका ओलीलाई बाटोका विभिन्न स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताले स्वागतका कार्यक्रम राखेका छन्। चितवनको बसाईकाक्रममा विभिन्न नेता कार्यकर्ता भेटघाट कार्यक्रम रहेका छन्।
प्रतिक्रिया दिनुहोस !