छठमा सेल्फी (फोटो फिचर)
चितवन : धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथ मनाइने छठ पूजामा हरेक उमेर समूहको उपस्थिति थियो। नारायणगढको नारायणी नदी किनारमा व्रतालु सहित पूजा हेर्न जानेको पनि उत्तिकै भीड थियो।
नदी किनारमा पर्व हेर्न भीड लागेको थियो। छठ पर्वको उल्लासलाई आफ्नो मोबाइलमा कैद गर्न ब्यस्त थिए त्यहाँ पुगेका मानिसहरु। पूजामा पुगेकाहरु सेल्फी खिचेर रमााइरहेका देखिन्थे। अधिकांशको ध्यान छठको रमझम सेल्फीमा उतार्नेमा थियो।
पछिल्लो समय चितवनमा पहाडी समुदायमा पनि छठको व्रत बस्ने र दर्शनका लागि छठ घाटसम्म पुग्ने गरेका छन्।




प्रतिक्रिया दिनुहोस !