माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै : के-के छन् एजेण्डा ?
काठमाडौं : नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ। विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शुक्रबार बैठक बस्न लागेको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।
उनकाअनुसार साँझ ६ बजे भर्चुअल माध्यमबाट बैठक बस्ने छ। पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उनले बताए।
सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ। राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ। आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदैछ।