३० वडामा माओवादीको नयाँ नेतृत्व चयन

३० वडामा माओवादीको नयाँ नेतृत्व चयन

बेनी : नेकपा माओवादी केन्द्रको म्याग्दीका ३० वटा वडामा नयाँ नेतृत्व चयन भएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । शनिबार २२ वटा वडामा अधिवेशन भएको थियो । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा वडामा अधिबेशन भइसकेको थियो ।

‘बाँकी १५ वटा वडामा पनि ११ गते हुने पालिका अधिबेशन अघिनै नेतृत्व चयन गर्ने तयारी भएको छ,'उनले भने, ‘बेनी नगरपालिका र मंगला गाउँपाकिलाको सबै वडामा अधिबेशन सकिएको छ ।’ धेरै ठाउँमा नेतृत्व हस्तान्तरण भएको छ । वडा कमिटीको पदाधीकारीमा युवा, दलित र महिलाहरुको बाहुन्यता देखिएको नेताहरुले बताएका छन् ।  

संयोजक जुग्जालीले म्याग्दीमा माओवादी केन्द्रको सदस्य संख्या तीन हजार जना पुगेको पनि जानकारी दिए । बेनी नगर अध्यक्ष सेरबहादुर केसीका अनुसार १ देखि १० नम्बर वडामा क्रमश : हिराबहादुर बोगटी (सुरत), कृष्णबहादुर कार्की, खिमबहादुर पुन, केन खत्री (सन्दिप), बिज्ञान केसी, यादब सुबेदी, बिजय किसान, मोहन बरुवाल, सागर बानिया र केशबहादुर बस्यालको अध्यक्षतामा कमिटि गठन भएको छ ।

मंगला गाउँपालिकाको १ देखि ५ नम्बर वडामा क्रमश : ओमबहादुर किसान, अर्जुन शाही,सोमबहादुर छन्त्याल, दलबिर पुन र अस्तमान घर्ती वडा कमिटीको अध्यक्षमा चयन भएका माओवादीका प्रदेश कमिटी सदस्य टेकबहादुर विकले जानकारी दिए ।  

रघुगंगा गाउँपालिकाको १मा खिमबहादुर पुर्जा, २ मा बिरबहादुर कटुवाल (बालकृष्ण), ३ मा रमेश शर्मा (नारायण), ५ मा भिमबहादुर विक र ६ मा सन्तोष बिकको अध्यक्षतामा वडा कमिटी चयन भएको पालिका अध्यक्ष हरी भण्डारीले बताए ।  

यसैगरी अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ शिखमा उदिप्रसाद पाइजा, ६ घारमा टिकबहादुर बरुवालको अध्यक्षतामा १७ सदस्यीय र वडा नम्बर ७ हिस्तानमा नन्दबहादुर पुनको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको गाउँपालिका इञ्चार्ज बुद्धी पुनले जानकारी दिए ।  

मालिका गाउँपालिकाको वडा नम्बर २ मा हर्कलाल बिक, ३ मा मोतिप्रसाद बुढा, ४ मा रेशम पुन, ५ मा रबिन्द राना र ६ मा ओमकार रोकाको अध्यक्षतामा वडा कमिटि गठन भएको छ । यसअघि वडा नम्बर २ को अधिवेशन भएको धवलागिरी गाउँपालिकामा ६ देखि ९ गतेभित्र अधिवेशन गर्ने मिति तय भएको जिल्ला सदस्य किरन थापाले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.