मनको शत्रु
संस्कृति पहिचान हो, मानवको ठूलो धन।
धर्म हो सबको गुण, मानव धर्म स्वहित भो।
मानव हो एउटै जात, धर्म र कर्म फरक छ।
जातमा छ कर्मको जीन, देखिन्छ यो निरन्तर।।
बाटो, धारो पाटी पौवा, चौतारी वर पिपलु।
कर्म नै धर्म हो सच्चा, दुःखमा मन दयालु।।
मानिस सब एक हुन्, भाषा मनमा एक छ।
लिपिमा फरक हुँदा, नबुझ्दा दुःख लाग्दछ।।
जरा, बोक्रा र पात, यहाँका सब औषधि।
धामी, झाँक्री र वैद्य, डाक्टर भाछन् भए जति।।
मन्दिर, गुम्बा, मस्जिद, बनेका छन् ती कति।
आत्मा सबको एक हो, नामैमा कलह अति।।
मागेर घर धान्ने यो, माग्नु नैे संस्कार भो।
माग्नेको शिर ठाडो छ, नेपाली भन्न लाज भो।।
स्वर्ग जाने बाटो हेर, सबका छन् थरीथरी।
मन हो पहिलो शत्रु, भुलाउँछ तन सधैं भरि।।
फूलबारीमा फूल फुलेछन्, बास्ना छ सबैतिर।
बिना बोकेर कस्तुरी, बास्ना खोज्छ सबैतिर।।
विविधतामा एकता, नेपाली शान हाम्रो हो।
अखण्ड देश यो हाम्रो, राष्ट्रको एक राज्य हो।