गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा विजयी
![गण्डकी सभापतिमा पौडेल समूहका शुक्रराज शर्मा विजयी](https://annapurnapost.prixacdn.net/media/albums/shukraj-sharma_20211205083728_qqqNPhYGNi.jpg)
पोखरा : नेपाली कांग्रेस गण्डकीको सभापतिमा कास्कीका पुराना नेता शुक्रराज शर्मा विजयी भएका छन् । उनले पर्वतका अर्जुन जोशीलाई पराजित गरेका हुन् । शर्मा पार्टीको संस्थापन इतर समूहका नेता हुन् । जोशीलाई पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवाको समर्थन थियो ।
शर्माले ६१२ मत पाएका थिए । जोशीले ५२८ मत ल्याए । दुईजनाबीच ८४ मतान्तर भएको हो । शनिबार भएको निर्वाचनको नतिजा आइतबार बिहान भएको हो । सभापति शर्मासहित पदाधिकारीमा उनकै समूहको बर्चस्व भएको छ । उपसभापतिमा देउवा समर्थक मेखलाल श्रेष्ठबाहेक सबैजसो वरिष्ठ नेता रामचन्द्र पौडेल समर्थकले जितेका छन् ।
श्रेष्ठ र कल्पना तिवारी उपसभापति निर्वाचित हुँदा महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने विजयी भएका छन्। मेखलाल श्रेष्ठ प्रदेशमा सामाजिक विकास मन्त्री छन् । अर्का मन्त्री कुमार खड्का महामन्त्रीका उम्मेदवार थिए । तर उनी झिनो मतान्तरले पराजित भए ।
सहमहामन्त्रीमा महिला कोटामा कास्कीकी कोपिला रानाभाट विजयी भएकी छन् । उनले नवलपुरकी प्रदेश सांसद ओमकला गौतमलाई पराजित गरेकी हुन् । सहमहामन्त्रीमै खुलातर्फ रमेश पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)