शुक्रबारदेखि हराएका पुरुषको शव पोखरीमा भेटियो

शुक्रबारदेखि हराएका पुरुषको शव पोखरीमा भेटियो

महोत्तरी : महोत्तरीको एकडारा गाउँपालिका ५ गेना वथनाहास्थित पोखरीमा एक पुरुषको शव भेटिएको छ । जलेश्वर नगरपालिका ७ अन्कारका ४२ वर्षीय  रामश्रृष्ठ यादवको शव भेटिएको हो । शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए । घटनाको सम्बन्धमा विस्तृत रुपमा जानकारी हुन नसकेको र शव पोष्टमार्टमपछि मात्र केहि भन्न सकिने एसपी अचार्यले जानकारी दिए ।

गत शुक्रबार महोत्तरीमा बरामद भएको १ सय १ किलो गाँजा ओसारपोसार घटनामा उनको समेत संलग्नता रहेको प्रहरीले बताएको छ। सो घटनापछि मृतक यादव एकाएक सम्पर्कबिहीन भएको जलेश्वर नगरपालिका ७ का वडाअध्यक्ष रामछविला यादवले बताए । उनले मृतक यादवको खोजी सोहि दिनदेखि हुँदै आएकोमा उनको शव भेटिएपछि आफूहरु शसंकित भएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.