दरबाङ-म्याग्दी खोलाको सुरुङ निर्माण सुरु

दरबाङ-म्याग्दी खोलाको सुरुङ निर्माण सुरु

बेनी : म्याग्दीको मालिका गाउँपालिका–६ मा दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको सुरुङ निर्माण सुरु भएको छ । प्रवासीको म्याग्देलीको अगुवाइमा धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको कमेरेमा अडिट नम्बर १ को सुरुङ खन्न थालिएको हो । 

आयोजनाका साइट इञ्जिनियर बालकुमार रोकामगरले नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सुरुङको अडिट (मुख्य सुरुङमा पुग्ने सहयाक सुरुङ) खन्न थालिएको जानकारी दिए । 

‘कमेरेमा २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिएपछि बाँध र पावर हाउस दुई तर्फ सुरुङ निर्माण सुरु हुन्छ,'उनले भने ‘छिट्टै इल्पु स्थित बाँध र तल्लो दुखुको आउटलेटबाट पनि सुरुङ खन्ने तयारी गरेका छौ ।’ जलविद्युत आयोजनामा सुरुङ निर्माणलाई मुख्य काम मानिन्छ । 

हङकङ, दक्षिण कोरीया, जापान, बेलायत, अमेरिकालगायतका देशमा रहेका प्रवासी, उद्योगी व्यवसायी र स्थानीयबासीको लगानीमा आयोजना निर्माण गर्न लागिएको धौलागिरि कालिका हाइड्रो लिमिटेडका अध्यक्ष बिनोद कुँवरले बताए । 

‘विदेशमा आर्जेको सीप, पुँजी र प्रविधि ल्याएर आयोजना बनाउन लागिएको हो,'कुँवरले भने, ‘अवसरको खोजीमा बाध्यतामा विदेशिए पनि आफ्नो ठाउँको विकासमा लगानी भित्र्याएर जलविद्युत आयोजना बनाउन लागेका हौं ।’
 
गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाका पूर्वअध्यक्ष र म्याग्दी प्रवासी नेपाली संघका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरले यस आयोजनामा एनआरएनदेखि स्थानीयको लगानी रहेको बताए ।  

बि.स. २०७६ मंसिरमा तत्कालीन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले शिलन्यास गर्नुभएको आयोजना निर्माणको तयारी भइरहेका बेला कोरोना (भाइरस)को महामारी फैलिएपछि निर्माणले गति लिन सकेको थिएन् । 

बि.स. २०७७ को बाढी पहिरो र दोस्रो लहरको कोरोनाले पनि आयोजना निर्माणलाई प्रभावित बनाएको थियो । लामो समयको प्रतिक्षा पछि आयोजना निर्माणले गति लिन थालेकोमा उत्साहित बनाएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । 

पहुँचमार्ग बनिसकेको, जग्गा, कार्यालय र क्याम्प ब्यवस्थापन सकेर सुरुङको अडिट निर्माण सुरु गरेको हो । मालिका गाउँपालिका–७ बिम र धवलागिरी गाउँपालिका–७ को सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको पाँच किलोमिटर ५०० मिटर सुरुङ निर्माण गरिने भएको छ । चारवटा अडिटबाट सुरुङ खनिने भएको छ ।

बाँध र आउटलेटसँगै तोलाबाङमा ६०० मिटर पहुँचमार्ग खनेर त्यहाँबाट पनि दुईतर्फ सुरुङ खन्ने तयारी छ । आयोजनाको दिगोपनाका लागि पूर्ण पक्की सुरुङ बनाइनेछ । दुखुबेसीमा रहने आउटलेटबाट १०० मिटर हेडबाट बालौटेमा निर्माण हुने पावरहाउसमा पानी खसालेर विद्युत उत्पादन गरिने भएको छ । 

आयोजना नजिकै बिमको डाडाँखेतमा सबस्टेसन निर्माण सुरु भएको छ । सानिमा बैंकको नेतृत्वमा प्रभु, कुमारी, सेञ्चुरी, मुक्तिनाथ, ओभ डेभलपमेन्ट र महालक्ष्मी विकास बैङ्कको रु. ३ अर्ब ५० करोड ऋण लगानी गर्ने सम्झौता भएको छ । प्रभावित क्षेत्रका बासिन्दालाई पनि लगानीको अवसर दिइने प्रर्वद्धकले बताएका छन् । 

कुल पाँच अर्ब १५ करोड लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहने भएको छ । प्रभावित क्षेत्रका लगानीकर्ता र प्रवद्र्धकहरुबीचको विवादका कारण २०७१ फागुनमा विद्युत विकास विभागबाट जनेरेसन लाइसेन्स पाएको आयोजनाको काम सुरु हुन सकेको थिएन् । आगामी तीन वर्षभित्र वित उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.