हसिया प्रहार गरी श्रीमतीको हत्या

हसिया प्रहार गरी श्रीमतीको हत्या

कुश्मा : पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। बागलुङ जिल्ला, बागलुङ नगरपालिका वडा नं. ६ घर भइ हाल कुश्माबजार स्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सिता परियारको हत्या गरेका हुन्।

शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। उनका अनुसार मृतक महिलाको शरीरमा निल डामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ। प्रहरीले आरोपित श्रीमान् राजु परियारसहित घटना स्थलबाट खुर्पा (हसिया) पनि नियन्त्रणमा लिएको छ।

दुबै श्रीमान् श्रीमती यसअघि पनि पटक-पटक झगडा गरेर सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आउने र मेलमिलाप पश्चात् फर्किने गरेका थिए। शुक्रबार बीहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियार मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्घृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदिप पौडेलले बताए।

मृतकका एक छोरा र एक छोरी रहेका छन्। तर दुवै छोराछोरी उनीहरुको साथमा छैनन्। शुक्रबार साँझ मात्रै आफन्तले किटानी उजुरी दिएको र शनिबार उनीहरुका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.