सुकेशको जालोमा सारा र जान्ह्वी

सुकेशको जालोमा सारा र जान्ह्वी

मुम्बई : दुई सय करोड ठगीका आरोपी सुकेश चन्द्रशेखरका बारेमा फेरि नयाँ खुलासा भएको छ। भारतीय प्रवर्तन निर्देशनालय (ईडी) का अनुसार उनको जालोमा सारा अली खान, जान्ह्वी कपुर र भूमि पेडनेकर पनि परेको तथ्य खुलेको छ। सुकेशको निसानामा ज्याक्लिन फर्नान्डिज, नोरा फतेहीसँगै सारा, जान्ह्वी र भूमि पेडनेकर पनि परेको ईडीको अनुसन्धानबाट खुलेको हो।

अनुसन्धानका क्रममा लिइएको बयानमा सुकेशले सारा, जान्हवी र भूमिको नाम पनि लिएका थिए। सन् २०२१ मा सुकेशले सारालाई निसाना बनाएका थिए। २०२१ मे २१ मा सुकेशले साराको ह्वाट्सअपमा म्यासेज पठाएका थिए। उनले आफूलाई सुरज रेड्डी भएको बताएका थिए। सुकेशले सारालाई एउटा महंगो गाडी उपहार दिन चाहेको बताएका थिए। उनले आफ्नो कम्पनीका सीईओ पिंकी इरानीले पटक पटक सम्पर्क गर्न खोजे पनि सम्भव नभएकाले आफूले म्यासेज गरेको दाबी गरेका थिए। त्यसपछि इरानीले नै सारालगायतका अभिनेत्रीलाई सुकेशसँग भेट गराएकी थिइन्। पहिलो भेटपछि सुकेशले सुरज रेड्डीका नाममा अभिनेत्रीहरूलाई पटक पटक म्यासेज पठाउने गरेका थिए। साथै महंगो उपहार दिन तयार भएको पनि बताउँथे। 

ईडीले सारा अली खानसँग सुकेशले दिएका महंगो उपहारका बारेमा सोधपुछ गरेको थियो। साराले गत जनवरी १४ मा ईडीलाई पत्र लेख्दै आफूले सुकेशसँग कुनै पनि उपहार नलिएको बताए पनि जबरजस्ती फ्रेङ्क मुलर घडी दिएका उल्लेख गरेकी थिइन्। यसैगरी जान्ह्वी कपुरलाई पनि सुकेशले श्रीमती लिना मारिया पलका माध्यमबाट निरासामा पारेका थिए। लिनाले जान्ह्वीलाई १८ लाख रुपैयाँ दिएकी थिइन्। त्यो रकम उनले जेलमा रहेका दिल्लीका व्यापारीका श्रीमतीसँग असुलेका थिए। लिना मारियाले आफूलाई ब्युटी पार्लर सञ्चालकको विश्वास दिलाउँदै जान्ह्वीसँग सम्पर्क स्थापित गरेकी थिइन्। सन् २०२१ जुलाई १९ मा ब्युटी पार्लरको उद्घाटनका लागि जान्ह्वीलाई निमन्त्रणा पनि गरेकी थिइन्। लिनाका बारेमा कुनै खोजविन नगरीकनै जान्ह्वी पार्लरको उद्घाटनमा पुगेकी थिइन्। उद्घाटनलगत्तै लिनाले जान्ह्वीको खातामा १८ लाख ९४ हजार भारु जम्मा गरिदिएकी थिइन्। यस बाहेक लिनाले जान्ह्वीलाई महंगो ब्याग पनि उपहार दिएकी थिइन्। जान्ह्वीले आफ्नो बैंक विवरण पनि ईडीलाई बुझाएकी छन्। 

‘महाठग’ सुकेशले भूमि पेडनेकरलाई भने इरानीमार्फत फसाएका थिए। इरानीले सुकेश भूमिको ठूलो फ्यान रहेको बताउँदै सँगै काम गर्न चाहेको कुरा बताएकी थिइन्। साथै सुकेशले एउटा महंगो गाडी पनि उपहार दिन चाहेको भन्दै भूमिलाई आश्वस्त पारेकी थिइन्। त्यसपछि सुकेशले विभिन्न नाममा भूमिसँग सम्पर्क गर्न खोजेका थिए। भूमिले सुकेशसँग आफूले कुनै पनि उपहार नलिएको दाबी गरेकी छन्। 

क्यानेडियन डान्सर एवं बलिउड अभिनेत्री नोरा फतेहीलाई बीएमडब्लु कार उपहार दिएका थिए। यसैगरी ज्याकलिनलाई १० करोडभन्दा बढीको उपहार दिएको सुकेशले ईडीसँगको सोधपुछमा बताएका छन्। इरानीले आफू मेकअप आर्टिस्ट भएको बताउँदै ज्याकलिनसँग सम्पर्क गरेकी थिइन्। त्यसपछि सुकेशसँग ज्याकलिनलाई भेट गराएकी थिइन्। सुकेशले ज्याकलिनलाई ब्याग, घडी, जुत्तालगायत महंगा उपहार दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.