भोजपुर गोल्डकप चैत १ देखि

भोजपुर गोल्डकप चैत १ देखि

भोजपुर : पाँचौ मेयर अन्तर्राष्ट्रिय भोजपुर गोल्डकप चैत पहिलो साता आयोजना हुने भएको छ। प्रतियोगितामा चर्चित आठ टोलीको सहभागिता रहने जनाइएको छ।

२०७० सालदेखि विभिन्न प्राविधिक र आर्थिक समस्याका कारण रोकिएको प्रतियोगिता गत वर्ष आयोजना गरिएको थियो। नकआउटका आधारमा खेलाइने प्रतियोगितामा बसाह क्लब उदयपुर, राष्ट्रिय जागृति क्लब सुनसरी, सताशीधाम स्पोर्टिङ क्लब झापा, अमुक्त परिवार पश्चिम बंगाल, सगरमाथा युथ एशोसिएसन मोरङ, गोर्खा ब्वाइज रुपन्देही, भगवती स्पोर्ट्स क्लब खोटाङ र आयोजक भोजपुर फुटबल क्लब गरी आठ टोलीले प्रतिस्पर्धा गर्ने छन्। 

जिल्लामा खेल पर्यटनलाई टेवा पुर्‍याउँदै उदयीमान खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य अनुरुप प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रवीण सुवालले बताए। चैत १ गतेदेखि चैत ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले पाँच लाख नगद पुरस्कार पाउने छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.