प्रधानमन्त्रीद्वारा ऋषिङको भवन उद्घाटन कार्यक्रम : एमालेले बहिष्कार गर्ने

प्रधानमन्त्रीद्वारा ऋषिङको भवन उद्घाटन कार्यक्रम : एमालेले बहिष्कार गर्ने

तनहुँ : प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बिहीबार तनहुँ ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्‍घाटन कार्यक्रम छ। सो कार्यक्रम नेकपा एमालेले बहिष्कार गर्ने भएको छ। नेकपा एमाले ऋषिङ गाउँ कमिटीले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको हो।

गाउँपालिकाको केन्द्रका विषयलाई लिएर एमाले ऋषिङले शिलान्यास गर्दा पनि विरोध गरेको थियो। वि.सं. २०७३ सालमा केन्द्रको विषयलाई लिएर सर्वदलीय समितिले सिफारिस गरेको र स्थानीय पुन: संरचना प्राविधिक सहयोग समितले गरेको निर्णय सर्वस्वीकार्य हुँदाहुँदै गाउँपालिकाले अर्को निर्णय गरी स्थान परिवर्तन गरेको भन्दै एमालेले विरोध गर्दै आएको छ।

पार्टीले केन्द्रको विषयमा असहमती जनाइ विगतदेखि नै ज्ञापन पत्र, विरोध सभा र ऋषिङ बन्द जस्ता विरोधका कार्यक्रम गर्दै आएको र पुरानो मान्यता यथावत रहेकाले कार्यक्रममा सहभागी हुन नसकिने ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले बताए।

आफ्नै निर्णयलाई लत्याउँदै नेपाली काँग्रेसको निश्चित मान्छे भएको ठाँउमा गाउँपालिकाको केन्द्र बनाइएकाले विरोध गरिएको नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए। ‘ऋषिङ गाउँपालिका अभेगमा छ, धेरै गाविसहरु मिलेर बनेको छ’, उनले भने, ‘सबैलाई केन्द्र पर्ने ठाउँमा तोकिएको स्थान छोडेर आफ्नै निर्णयलाई लत्याउँदै अनकन्टार र नेपाली काँग्रेसको निश्चित मान्छेहरु भएको ठाउँमा केन्द्र बनाउने पहलकदमी भयो। यसमा हाम्रो विरोध हो।‘ 

भोलि जनताले देख्ने, बुझ्ने बताउँदै उनले सत्य कुरा स्थापित गर्नका लागि पनि विरोध गरिएको बताए। उनले भने,‘यो विरोध विशुद्ध जनताको पक्षमा छ। एमाले भएको ठाउँमा बनाऔं भनेको होइन। पहिला जुन निर्णय गरियो, त्यहि अनुसार गरौं भन्ने हाम्रो माग हो। यो भवनलाई हामीले मान्यता दिएका छैनौँ, हाम्रो विरोध यथावत छ। '


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.