पल शाहको मुद्दामा थुकछेक बहस अन्तिम चरणमा, आजै आदेश आउने

पल शाहको मुद्दामा थुकछेक बहस अन्तिम चरणमा, आजै आदेश आउने

तनहुँ : उमेर नपुगेकी किशोरीमाथि बलात्कार आरोपमा जिल्ला अदालत तनहुँमा अभियोगपत्रसहित पेश गरिएका नायक पल शाहको मुद्दामा थुनछेक बहस अन्तिम चरणमा पुगेको छ।  शाहको पक्षबाट अहिलेसम्म १० जना कानुन व्यवसायीले बहस गरिसकेको र अब एकजनाको मात्र बाँकी रहेको जिल्ला अदालत तनहुँका सूचना अधिकारी हरिहचन्द्र गौतमले बताए। 

जिल्ला अदालत तनहुँका सूचना अधिकारी गौतमले बहस अन्तिम चरणमा पुगेकाले आजै साँझसम्म थुनछेक आदेश आउने बताए ।आदेशमा शाहलाई धरौटीमा छोड्ने कि पुपर्क्षका लागि थुनामा पठाउनेबारे निर्णय आउनेछ।  

बुधबार पीडित पक्षका ९ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए। शाहको पक्षबाट बुधबार दुईजनाले कानु व्यवसायीले बहस गरेका थिए।  थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन्। 

यता,शाहका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन्।  

बलात्कार आरोपमा नाबालिग गायिकाकाको परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी दिएका थिए। जाहेरीका आधारमा शाहलाई नियन्त्रणमा लिएर प्रहरीले  अनुसन्धान गरेको थियो।

शाहविरुद्ध नवलपुर अदालतमा पनि बलात्कार मुद्दा दर्ता भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.