होमियोप्याथी जन्माउने डा. हेनिमेन
सन् १७५५ अप्रिल १० तारिख अर्थात् आजैका दिन जर्मनीको माइसेन सहरमा होमियोप्याथीका जन्मदाताका रूपमा क्रिश्चयन फेड्री सेमुअल हेनिमेनको जन्म भएको थियो। निम्न वर्गीय परिवारमा जन्मिएका हेनिमेनलाई संसारले होमियोप्याथीको जन्मदाताका रूपमा सम्झन्छ। हेनिमेनका बुवा गोथे हेनिमन बहुतै गरिब थिए। चिनियाँ माटो (सेरामिक) को भाँडामा बुट्टा हाल्ने (चित्रकारी) को काम गरेर आफ्नो परिवारको पालनपोषण गर्थे। कहिलेकाहीँ उनीहरूलाई हातमुख जोड्न पनि धौ–धौ पथ्र्याे। गरिबीका कारणले गर्दा हेनिमेनको बाल्यावस्था बडो संघर्षमा बित्यो।
अध्ययनका लागि साहै्र दुःख गर्नुप¥यो हेनिमेनले। तर, ‘हुने बिरुवाको चिल्लोपात’ भनेझैं कुशाग्रबुद्धि र तीव्र प्रतिभाका धनी हेनिमेनले २४ वर्षको उमेरमा एलोप्याथीमा (एमडी) डाक्टर आफ मेडिसिनको उपाधि हासिल गरे। ड्रेसडेनको अस्पतालमा सिभिल सर्जनको पदमा रही कार्य गर्न थाले। १० वर्षसम्म यिनले अस्पतालमा सेवा गरे। डा. हेनिमेन आफ्नो समयको चिकित्सा प्रक्रियाबाट काम गर्न सहमत थिएनन्। तीतो, कष्टकारी एवं विपरीत प्रतिक्रिया (साइड इफेक्ट) उत्पन्न गर्ने औषधिहरूको सेवनबाट एउटा रोगको उपचार हुनुका साथै शरीरमा कैयौं नयाँ–नयाँ रोग उत्पन्न भइरहेका थिए।
संयोगबस यसैबीच उनको छोरी पनि बिरामी भइन्। चिकित्सा विशेषज्ञको हैसियतले राम्रोभन्दा राम्रो उपचार गरियो। तर, अफसोच डा. हेनिमेनले छोरीलाई बचाउन सकेनन्। यस घटनाले गर्दा उनको तत्कालीन चिकित्सा पद्धति एलोप्याथीप्रतिको मोह नै भंग हुन गयो। यी सबै कुराबाट दिक्दार भएर हेनिमेनले (एलोप्याथी) चिकित्सा कार्य गर्न छोडिदिए। हेनिमेन जीविकोपार्जनका लागि चिकित्सा एवं विज्ञानका पुस्तकहरूको बिभिन्न भाषामा अनुवाद गर्ने कार्य गर्न थाले। उनलाई ग्रिक, ल्याटिन, अंग्रेजी, इटालियन, अरबी, स्पेनिस, फ्रेन्च, जर्मन, सिरियन, हिब्रुसमेत गरी १० भाषाको ज्ञान थियो।
सन् १७९० मा डा. कुलेनको मेटेरियामेडिका (औषधीय गुण संग्रह पुस्तक)को अंग्रेजीबाट जर्मन भाषामा अनुवाद गर्ने क्रममा हेनिमेनले ‘सिनकोना’ भन्ने औषधिका बारेमा विशेष जानकारी पाए। एक स्वस्थ शरीरमा सिनकोनाको अर्क (एक्सट्राक्ट) को सेवन गर्नाले मलेरिया त होइन तर मलेरियाकै ज्वरोको जस्तै लक्षण उत्पन्न भइहाल्छ। जबकि सिनकोना मलेरिया ज्वरोको महŒवपूर्ण औषधि भन्ने कुरा यिनलाई थाहा भयो। आफ्नै शरीरमा सिनकोनाको अर्कको प्रयोगले डा. हेनिमेन निष्कर्षमा पुगे कि जुन औषधीय गुणयुक्त पदार्थ ( औषधि) एउटा स्वस्थ्य मानिसमा प्रयोग गर्नाले जुन किसिमको शारीरिक, मानसिक लक्षणहरू उत्पन्न हुन्छन्।
उही औषधिले त्यस्तै लक्षणयुक्त भएको रोगी व्यक्तिलाई (शक्तिकृत) रूपमा थोरै मात्रामा सेवन गराउनाले आरोग्य प्रदान गर्छ। यही कुराको चिन्तन–मनन गर्दा गर्दै उनको मनमा फरक विचार आयो। कि सिनकोनाको जस्तै प्रकृतिप्रदत्त अन्य औषधीय पदार्थमा पनि रोगोत्पादन र विनाश गर्ने शक्ति विद्यमान छ। यसै आधारमा हेनिमेनले ६ वर्षसम्म अनवरत रूपले आफ्नो शरीरमाथि नाना–प्रकारका औषधिहरूको परीक्षण गरे। यसै परीक्षणले हेनिमेनलाई ‘समः समं शमयतिः’ अर्थात् जसले रोग उत्पन्न गर्छ, उसैले रोग निको पार्छ भन्ने जानकारी भयो।
‘सदृश रोगको सदृश चिकित्सा’ भन्ने एक नयाँ सिद्धान्तको प्रतिपादन गरे। उनले समानताले समानताको उपचारको पद्धतिलाई व्यावहारिक एवं स्वाभाविक बनाए। यसप्रकार हेनिमेनले व्यापक परीक्षण, अनुभव एवं शोधपश्चात् रोगको स्थायी चिकित्साविधि खोजे र त्यसलाई होमियोप्याथी नाम राखे। होमियोप्याथी अर्थात् रोगको सदृश चिकित्सा विज्ञान १८आंै शताब्दीको अन्त्यतिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्साजगत्को उपलिब्ध हो। सन् १७९६ मेमा उनको एउटा निबन्ध जर्मनीको ‘हुकेल्यान्डे जर्नल’मा प्रकाशित भयो। त्यसपछि अनुसन्धानको अभिनव मतले चिकित्सा जगत्मा क्रान्ति ल्याइदियो। यसपछि एलोप्याथिक चिकित्सकहरूको एक वर्ग (समूह)ले होमियोप्याथिक चिकित्साको सिद्धान्तलाई बुझे। त्यसलाई महŒव पनि दिन थाले र एलोप्याथिक चिकित्सा गर्न छोडेर होमियोप्याथ भए।
अर्कोतर्फ चिकित्सकहरूको एउटा ठूलो समूह चिकित्साको यस क्रान्तिकारी सिद्धान्तको विरोध पनि गरिरहेका थिए। सन् १८०५ मा उनको अर्को ‘फ्रागमेनटावेरीमाइक्स’ नामक पुस्तक ल्याटिन भाषामा प्रकाशित भयो। यस पुस्तकमा डा. हेनिमेनले स्वस्थ्य मानिसको शरीरमाथि परिक्षित २७ वटा औषधिको गुण वर्णन गरिएको थियो। यो पुस्तक
होमियोप्याथिक चिकित्साको पहिलो मेटेरिया मेडिका (औषधीय लक्षण संग्रह पुस्तक) थियो।
सन् १८१० मा ‘अर्गेनन अफ मेडिसिन’ नामक ग्रन्थ प्रकाशित गरियो। यसमा होमियोप्याथीको मूलभूत सिद्धान्तहरूको वर्णन गरिएको छ। जुन आज पनि उत्तिकै समय सान्दर्भिक छ। यस ग्रन्थलाई होमियोप्याथिक चिकित्साको ‘गीता’ भनिन्छ। सन् १८१२ मा डा. हेनिमेन लिपिजिग विश्वविद्यालयमा होमियोप्याथी चिकित्साको अध्यापन कार्य गराउन लागे। उनको बढ्दो प्रभावलाई देखेर विरोधी चिकित्सकहरूले हेनिमेनविरुद्ध नानाथरी भ्रम फैलाए। उनलाई सन् १८२१ तिर देश निकाला गर्नसमेत लगाए।
हेनिमेनले नयाँ उपचार पद्धति जन्माए। यसलाई स्थापित गर्न उनी स्वयं देश निकालामा पर्नु परेको थियो। उनी कोटेन नगरमा आश्रय लिन पुगे र तत्कालीन त्यहाँका राजाको दुसाध्यरोग (क्रोनिकडिजिज) को चिकित्सा होमियोप्याथीद्वारा सफलतापूर्वक गरे। त्यसपछि उनी त्यहाँ रोयलफिजिसियन (राजवैद्य) को पदमा बहाल भई कार्य गर्न लागे। सन् १८२८ उनको क्रोनिकडिजिज नामक पुस्तक प्रकाशित भयो। सन् १८३० मा फ्रान्सको राजधानी पेरिसमा चिकित्सा कार्य गर्दै उनी त्यहाँको एकेडेमी अफ मेडिसिन नामक संस्थाको सचिव बन्न पुगे। यसप्रकार उनको ख्याति सर्वत्र फैलियो। जर्मनीमा कुचक्र रचेर देशनिकाला गराउने विरोधी पनि अब आफ्नो भूलमा पश्चाताप गर्न थाले। डा. हेनिमेनलाई स्वदेशमा स–सम्मान फर्कन आग्रह गर्न थाले।
जीवनको अन्तिमकालसम्म पनि मानव स्वास्थ्य सेवामा समर्पित डा. हेनिमेनको २ जुलाई सन् १८४३ मा ८९ वर्षको उमेरमा निधन भयो। सन् १९५१ मा जर्मनीको लिपिजिगनगरमा यिनको पित्तलको भव्य मूर्ति बनाए। कसले भन्नसक्छ, डा. हेनिमेन यस जगत्मा छैनन् भनेर ? स्मरण स्वरूप २६७औं जन्मजयन्ती एवं होमियोप्याथी दिवस विश्वभरि मनाइँदै छ।