एकाबिहानै भूकम्पको धक्का
![एकाबिहानै भूकम्पको धक्का](https://annapurnapost.prixacdn.net/media/albums/earthquake-russia_20200325130447_nIBCyIaQQF.jpg)
बझाङ : बझाङमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको पराकम्पन गएको हो ।
बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ ।
भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)