जाजरकोटमा चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

जाजरकोटमा चोरीको मोटरसाइकलसहित वडाध्यक्ष पक्राउ

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका छन्। चोरीको मोटरसाइकलसहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो। 

वडाध्यक्ष पुनले लामो समयदेखि लु ५९ प ०२१७ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकल चलाउँदै आएका थिए। तर उनीसँग उक्त मोटरसाइकलका कुनै कागजपत्र थिएनन्। वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन। 
वडाध्यक्षले चोरीको मोटरसाइकल चलाउने बारे प्रहरीमा मौखिक उजुरी परेपछि बाध्य भएर प्रहरीले नलगाड १ कल्पत स्थित सडकमा बेवारिसे अवस्थामा छोडेको अवस्थामा मोटरसाइकल नियन्त्रणमा लिएको थियो। मोटरसाइकल नियन्त्रणमा लिए पनि पक्राउ पर्न नसकेका वडाध्यक्ष पुनलाई जनदवावपछि बुधबार प्रहरीले पक्राउ गरेको हो। 

वडाध्यक्ष पुनलाई जिल्ला अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको जिल्ला प्रहरी प्रमुख सन्तोष निरौलाले बताए। उनी अहिले प्रहरी हिरासतमा छन्। वडाध्यक्षमा फेरि दोहरिने इच्छा राखेका उनलाई चोरीको मोटरसाइकल काण्डले ठुलै धक्का लाग्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.