स्थानीय तह निर्वाचन : म्याग्दीमा २३७ पदमा ७५१ को उमेद्वारी

स्थानीय तह निर्वाचन : म्याग्दीमा २३७ पदमा ७५१ को उमेद्वारी

बेनी : स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीमा २३७ पदका लागि ७५१ जनाले मनोनयन दर्ता गराएका छन्। म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडाबाट निर्वाचित हुने पदका लागि आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारहरुले मनोनयन दर्ता गराएका हुन्। 

शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिए। आइतबार सुनसान रहेका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार रातीसम्म मनोनयन दर्ता रे। पहिलो दिन जिल्लाभर जम्मा १७४ जनाको उमेद्वारी दर्ता भएको थियो।

सत्ता साझेदार पाँच दलीय गठबन्धनको तालमेलको प्रयास र प्रमुख दल नेकपा एमालेले उमेद्वार छनौट गरेको ढिलाइले अन्तिम समयमा मनोनयन दर्ता गराउनेहरुको घुइचो भएको हो। 

निर्वाचन अधिकृतहरुको कार्यालयका अनुसार बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरीको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मंगलाको २७ पदमा १०४, रघुगंगाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ। 

दावीबिरोध, छानवीन र उमेद्वारी फिर्तापछि उमेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गरिने म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताए। मनोनयन दर्ताका लागि उमेद्वारहरु बाजा, गाजा र र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। 

दोस्रो पटक हुन लागेको स्थानीय तह चुनावको मनोनयन दर्ता उल्लासमय थियो। जिल्लाभर धवलागिरी गाउँपालिकाको १ वटा वडा सदस्यमा मात्र एकल उमेद्वारी परेको छ। धवलागिरी–१ गुर्जाको वडा सदस्यमा एकल उमेद्वारी परेकाले नेकपा माओवादी केन्द्रका सिताकुमारी छन्त्याल निर्विरोध भएका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताए।   

सत्ता साझेदारी पाँच दलीय गठबन्धनले साझा उमेद्वार बनाउने सैद्धान्तिक सहमति गरेपनि पद, पालिका र वडा बाँडफाडमा कुरा नमिलेपछि केही वडा र धवलागिरी गाउँपालिका बाहेकका पालिकामा एकल उमेद्वारी दर्ता गराएका छन्। 

धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले वडा तहसम्मनै साझा उमेद्वारको मनोनयन दर्ता गेर चुनावी सहकार्य गरेका छन्। बेनी नगरपालिकाको २, ६, ८ र ९ मा काँग्रेस र माओवादीका उमेदवारले एउटै चिन्ह लिएर मनोनयन दर्ता गराएका छन्। बेनी नगरपालिकाको ७, अन्नपूर्णको ३ र ५ नम्बर वडामा आ–आफ्नो चिन्हमा सहकार्य गरेर चुनाव लड्ने सहमतिमा मनोनयन दर्ता गराएका छन्। 

नेत्रबिक्रम चन्द् विप्लप नेतृत्वको नेकपाका नेताहरुले पनि स्वतन्त्र रुपमा उमेद्वार बनेका छन्। बेनी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेद्वारी दिएका वडा नम्बर २ का सम्राट सापकोटा विप्लप नेतृत्वका नेकपा निकट हुन्।  

पालिकाको प्रमुख पदमा तीन जना महिलाको उमेद्वारी दर्ता भएको छ। बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा सापकोटा, धवलागिरी गाउँपाकिलाको अध्यक्षमा नेकपा एमालेका थमसरा पुन र रघुगंगाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मिना बिकले मनोनयन दर्ता गरेका हुन्।  

विक प्रमुख पदमा उमेद्वारी दर्ता गराउने एक मात्र दलित महिला हुन्। मंगला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका टेकबहादुर बिक पालिकाको प्रमुख पदमा दलित समुदायका उमेद्वार हुन्।  

मंगला गाउँपालिकाको वडा नम्बर ४ मा मात्र वडा अध्यक्षका लागि दुई जना महिलाको उमेद्वारी दर्ता भएको छ। नेकपा एमालेकी लक्ष्मी बुढाथोकी र नेकपा माओवादी केन्द्रका मनमाया चोचाङ्गीले मात्र जिल्लाभर महिलाबाट वडा अध्यक्षको उमेद्वार बनेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.